2

Logo २०८३ बैशाख १३ आइतबार
गुल्मीको चन्द्रकोट गाउँपालिका पुर्ण संस्थागत प्रसुति र पुर्ण खोप दिगोपना पालिका

गुल्मीको चन्द्रकोट गाउँपालिका पुर्ण संस्थागत प्रसुति र पुर्ण खोप दिगोपना पालिका


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
883

गुल्मी ।

लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पुर्ण संस्थागत प्रसुति पालिका एवम पुर्ण खोप दिगोपना पालिका घोषणा गर्नुभएको छ ।

पूर्ण संस्थागत प्रसूति एवम् पूर्णखोप दिगोपना पालिका घोषणा समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले विभिन्न निर्माणाधिन अस्पतालहरु समयमै सम्पन्न गर्नुपर्ने, निर्माण सम्पन्न भएका अस्पतालहरुमा जनशक्ति पुर्ती गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यका क्षेत्रमा समेत लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मसिनोसंग योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

उहाँले आधारभुत अस्पतालको सेवा सुचारु गर्ने, मेडिकल अधिकृतको पदपुर्ती गर्ने लगाएतका विषयमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य सृजना तरामु मगर, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, छिमेकी पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितिले चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा प्राप्त साथै पूर्णखोप दिगोपना पालिका साझा प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर समेत गरेको छ ।

चन्द्रकोट गाउँपालिकामा ९८.९४ % गर्भवती महिलाले प्रोटोकल अनुसार गर्भ जाँच गराएका छन १००% महिलाले स्वास्थ्य संस्थामा प्रसुति गराएका छन् । चन्द्रकोट गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थामा वर्थिङ सेण्टर सञ्चाल्न गरिएको छ भने सबै टोल र वस्तीमा सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com