2

Logo २०८३ बैशाख १४ सोमबार
आज बैशाख १२, भुकम्पले झस्काउदै नेपाली

आज बैशाख १२, भुकम्पले झस्काउदै नेपाली


Sabalnews प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०८२
610

काठमाडौं ।

आज वैशाख १२ गते अर्थात् वि.सं २०७२ सालको महाभूकम्पको स्मृति दिवस । आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।

आजभन्दा १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको उक्त भूकम्पमा परी ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ घाइते भएका थिए । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

आज काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा कार्यक्रम हुनेछ । प्रत्येक वर्ष ‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com