2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा जिप दुर्घटना १ को मृत्यु, ४ घाइते

पाल्पामा जिप दुर्घटना १ को मृत्यु, ४ घाइते


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
694

पाल्पा ।

जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझा तानसेनबाट बगनासकालीको भालेवासतर्फ जाँदै गरेको लु १ ज १७२४ नम्वरको जिप बेलडाँडामा दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ की १८ वर्षीया एलिसा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । सारुको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीमा ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते मध्ये ३६ वर्षीया निता दर्लामीको टाउँकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको स्थानीय तथा वरिष्ठ पत्रकार भगवान भण्डारीले बताउनुभयो । “अहिले मुख्य राजमार्गहरुमा निर्माणको काम भइरहेको छ, गाडीहरु बैकल्पिक बाटो प्रयोग गरेर साँघुरो र घुम्ती सडक प्रयोग गर्न बाध्य छन् , जसका कारण दुर्घटना निम्तिएको हो, यसतर्फ स्थानीय सरकारको ध्यान जान जरुरी छ भण्डारीले भन्नुभयो ।” गाडी दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com