2

Logo २०८३ बैशाख १३ आइतबार
गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्गा

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्गा


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
673

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा साधुसन्त र स्थानियको उपस्थिती बढ्दै गएको छ ।

यसैबिच देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन  पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताउनुभयो । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उहाँको भनाई छन््  ।

“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी,जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो,अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो,अध्यक्ष दिवशमान प्रधानाङ्गाले थपे भन्नुभयो-“पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ । ”

कोटिहोममा शनिबारदेखि देवी प्रतिभा,आचार्य शितल कृष्ण महाराज लगायतको कथा प्रवचन भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com