2

Logo २०८३ बैशाख १४ सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन, सिमित नेता सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन, सिमित नेता सहभागी


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
610

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन बिभिन्न स्थानबाट निस्केको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताउनुभएको छ ।

सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भन्दै सीमित नेताहरू मात्रै सहभागी हुने बताउनुभएको हो ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी पार्टी रहेको दाबी गर्दै आफूहरू जे गर्ने हो भनेरै गर्ने भएकाले सरकारलाई नडराउन भनेका छन् ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ठान्नेहरूले सीमा तोकेर नागरिकलाई सीमित राख्न खोज्नु उचित नभएको तर्क छ।

राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्‍याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।

राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भनेपछि गृहमन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com