गायक कल्पना देवकोटा र लक्ष्मण पौडेललाई स्थानीयद्दारा स्वागत
पाल्पा ।
पाल्पाली कलाकार लक्ष्मण पौडेल र कल्पना देबकोटालाई नयाँ बर्षको सुअबसरमा जनज्योति युबा क्लब र नबदुर्गा आमा समुहले सयुक्त रुपमा सम्मान गरेको छ।
जनज्योती युबाक्लबका अध्यक्ष बिस्नु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नया बर्षको शुभकामना आदानप्रदान भजन किर्तन नाच गान गरि नयाँ बर्ष हर्ष उल्लासको रुपमा मनाइएको हो । ।
सम्पुर्ण गाउबासी आमा समूह, युबा क्लबका समितिका पदाधिकारीको उपस्तिथि रहेको कार्यक्रममा कलाकार द्वय लक्ष्मण पौडेल र कल्पना देबकोटा पौडेल परिवार सबैलाई सम्मान गरेको थियो । कलाकारिता क्षेत्रमा गर्नु भएको योगदान र गाउँ घरका हरेक सामाजिक कार्य प्रति गर्नुभएको सहयोगको उच्च सम्मान गर्दै दोसल्ला खादा र सम्मान पत्र हस्तान्तरण गरिएको हो ।
उहाँले रामपुर फाटैमा , आधी खोला उर्लेर आयो, बेनिको बजार ,धानको बाला झुल्यो खेतैमा, लगाएत दर्जनौ गितहरु बजारमा ल्याउनु भएको छ । भजन गाएक नारायण गौतमको रमाइलो प्रस्तुति थियो । । कार्यक्रमको सन्चालन सस्थाका सल्लाहकार नारायण खनालले गर्नु भएको थियो।