2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा ब्राह्मण जागरण अभियान कार्यक्रम

पाल्पामा ब्राह्मण जागरण अभियान कार्यक्रम


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र ३० २०८१
1.6K

पाल्पा ।

ब्राह्मण समाज नेपाल रामपुर नगरपालिकाले सामाजिक, नैतिक तथा वैदिक सनातन धर्मसम्बन्धी अन्तरक्रियात्मक चिन्तन गरेको छ । ब्राह्मण जागरण अभियान मार्फत वैदिक सनातन चिन्तन र यसको उपलब्धि सँगै सकारात्मक अबलम्बनमा जोड दिने उद्देश्यले जागरण अभियानको आयोजना गरिएको हो ।

जागरण अभियानमा आफ्ना बिचार राख्नुहुदै प्रमुख अतिथि चैतन्य कृष्ण प्रभु महाराजले ब्राह्मण भनेको के हो? सनातन धर्म? प्रकृति र अस्तित्व तथा आचरण बारे ज्ञान प्रदान गर्नुभयो । ब्रह्मा जानेको पढेको व्यक्ति ब्राह्मण र सर्वश्रेष्ठ हुने बताउदै उहाँले यसको शुरुवात बेद भएकोले संसारकै सर्बश्रेष्ठ र सबै धर्मको सार र जग बेद नै भएको उल्लेख गर्नुभयो । सबै धर्म र समाजको देव बेद हो, उहाँले भन्नुभयो–पुरानो बेदबाटै अन्य धर्मग्रन्थ बनेका हुन् । उहाँले हरेक दिन र दैनिक ३ पटकको नियमति सन्ध्या गर्ने ब्रह्मा बुझ्ने र ब्राह्मणको अनुकरण गर्ने व्यक्ति सञ्चा ब्राह्मण भएको बताउनुभयो । गौतम ऋषि जस्तो अक्षयपात्र अर्थात् जनको हितमा काम गर्ने सोच ब्राह्मणमा हुने बताउदै आजको आबश्यकता सचेतना, नैतिकता, सुधार र बाल संस्कारको सिकाईमा जोड दिन उहाँले सबैमा आग्रह गर्नुभयो ।

उठेका जिज्ञासा र आएका सवालको सरल जवाफ दिदै उहाले ब्राह्मण हुन र यसको पालनामा हरेकले सत्तचित हुन आग्रह गर्नुभयो । बालसंस्कार शिक्षाको लागि कालीगण्डकी तटमा रहेको ज्ञान बिज्ञान गुरुकुलममा शिक्षा सिकाइने बताउदै यसको लागि कक्षा लिएर पुनः शिक्षा दिन सकिने गरि निशुल्क प्रशिक्षण दिइने बताउनुभयो । चैतन्य प्रभु महाराजले अलौकिक कालीगण्डकीको दिब्य सभ्यतालाई बचाई राख्न सबै जना जाग्नुपर्ने बताउनुभयो । यसको लागि स्थानीय स्तर नागरिक तहबाट जागरण कार्यक्रम गरिराख्नुपर्ने बताउदै उत्तरबाहिनी क्षेत्रमा आउदो कात्र्तिक महिनाभर कात्र्तिके महात्मे सञ्चालन गरि २१ लाख दिप प्रज्वलन, अर्बौ बेलपत्र सहित शालिग्राम शिला अभिषेक गरि कालीगण्डकी डाईभर्सनको बिरोध स्वरुप र कालीगण्डकीको महिमा उजागर एंव स–सम्मान यसको स्थायित्वको लागि कार्यक्रम गर्ने जानकारी गराउदै सबैलाई आह्वान गर्नुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकका नगर प्रमुख रमण बहादुर थापाले अहिले नैतिक शिक्षा र संस्कारको आबश्यकता खड्किएको बताउदै कालीगण्डकी नदी जस्तो बगेकी छन् त्यस्तै छोडेर तल्लो तहका नागरिकको हितमा राज्य जानुको विकल्प नभएको बताउनुभयो । उहाँले यसका लागि राम्दीदेखि देबघाटसम्मका नागरिकसगैं पालिका एकबद्ध भएको र लुम्बिनी र गण्डकी प्रदेशको पनि समझदारी हुनुपर्ने बताउदै स्थानीय नागरिकको हित बिपरित योजना अघि बढ्न कदापि नदिने बताउनुभयो ।

अन्तराष्ट्रिय वि.पि.चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले बेद र ब्रह्मा बुझेको ब्राह्मण हुने बताउदै ब्राह्मणबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । उहाँले कालीगण्डकी नदीले शालिग्रामलाई गर्भमा राखेर बगिरहेको चिन्तन भुमिमा ब्राह्मण समाजले गरेको यो अभियान नयाँ जेनेरेशनका लागि सिकाई हुने बताउनुभयो ।

ब्राह्मण समाज पाल्पाका सदस्य राजेन्द्र प्रसाद लम्सालले हिन्दु राष्ट्र कायम र ब्राह्मणले ब्राह्मणको सबै कर्म र मर्मलाई आत्मसाथ गर्ने उद्देश्यले ब्राह्मण एकबद्ध भएको बताउनुभयो ।
समाजका उपाध्यक्ष सुर्य प्रसाद न्यौपानेको संस्कृत भाषामा स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रामपुर क्षेत्रमा प्रचलित बालन, भजन,चुट्का सहितको झाँकी प्रस्तुत गरिएको थियो ।

बालन समुहको मेहनत र पुस्ता हस्तान्तरणबाट प्रभावित भएर लोकगायक बुद्धिसागर न्यौपानेले धर्माेदय दशअबतार बालन समुहलाई नगद ५० हजार सहयोग गर्नुभएको छ । उहाँले बढेशकालैमा…., बाजेका पालामा….र डाफे नाचेर……गीत प्रस्तुत गर्नुभयो ।

ब्राह्मण समाज नेपाल रामपुर नगर अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले नगद तथा जिन्सी मार्फत कार्यक्रम गर्न सहयोग गर्नुभएको थियो ।

यसैबिच, कार्यक्रम गर्नका लागि गौतम स्टोर्सका सञ्चालक धनराज गौतम र सन्ध्या लाइट हाउसका सञ्चालक निलकण्ठ भण्डारीले खानेपानी, रामपुर नगरगौशालाबाट अध्यक्ष हुमनाथ न्यौपानेले ४० थान रुद्राक्षमाला, बर्षा पौडेल र सुमन पाठकले चन्दन, रुद्राक्ष र २ किलो गुण सहयोग गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक खेमराज रेग्मीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com