2

Logo २०८३ बैशाख १३ आइतबार
जनप्रतिनिधिको कार्यशैलीमा नागरिकको असन्तुष्टि बढ्यो- सभामुख घर्ती

जनप्रतिनिधिको कार्यशैलीमा नागरिकको असन्तुष्टि बढ्यो- सभामुख घर्ती


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र ३० २०८१
624

पाल्पा ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले स्थानीय तहका जनप्रतिनिधि संग नागरिकको धेरै अपेक्षा भएपनि जनप्रतिनिधिको कार्यशैलीमा असन्तुष्टि बढेको बताउनुभएको छ ।

प्रदेश सभासँग स्थानीय सभाको कानुन निर्माणसम्बन्धी पाल्पाको तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्तीले शासकले सही तरिकाले काम नगर्दा शासकको कार्यशैलीमा जनताको असन्तुष्टि बढेको बताउनुभयो ।

शासन प्रणालीमा व्यवस्थापन सही नहुँदा प्रश्न उठ्ने गरेको भन्दै उनले संघीयतामाथि नै गम्भीर प्रश्न उठेको हुँदा त्यसको समीक्षा गर्नुपर्ने बताउनुभयो। संघीयताको सिद्धान्त र मर्मलाई नबुझेर काम गर्दा संघीयतामाथि नै प्रश्न उठ्ने गरेको उहाँको भनाई थियो। सभामुख घर्तीले संघीयतालाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रदेश सभा स्थानीय तहसम्म पुगेर सहजीकरण गरिरहेको बताउनुभयो ।

‘आजसम्म स्थानीय तहले के-के कानुन बनाए भन्ने प्रदेश सभालाई थाहा छैन । स्थानीय तहले सरकार सञ्चालन ऐनलाई टेकेर सभा सञ्चालन गरिरहेका छन् । कानुन निर्माण गर्ने अर्कै ऐन छ, त्यसलाई स्थानीय तहले पत्तै पाएका छैनन् ।

स्थानीय तहले कपी पेष्ट गरेर कानुन बनाउने प्रचलन व्याप्त रहेको रहेको बताउदै ‘स्थानीय तहले कानुन पारित गरेपछि एकप्रति प्रदेश सरकारलाई पठाउनुपर्छ तर कसैले पठाउने गरेका छैनन् ।’

उहाँले स्थानीय तहमा कानुन बनाउन पर्याप्त छलफल नहुने गरेको र ऐन भन्दा दश गुना बढी कार्यविधि बनाएर काम गर्ने अभ्यास स्थानीय तहले गरेको बतउनुभयो।

पत्रकार भेटघाटमा जथाभावी स्थानीय स्रोत दोहन, आफु अनुकुल कार्यबिधी र व्याख्या, संविधानमै बाझिने गरि कानुन, निर्देशिका, कानुनी अधिकृतको खाचो लगायतका बिषयमा अन्योल रहदा संघीयताको मर्म अनुरुप काम हुन नसकेकोमा सवाल राखेका थिए । साथै स्थानीय तहको अभिभावकको रुपमा रहने प्रदेश सरकारले यसको नियन्त्रण गर्न नसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com