बिहिबारदेखि किसान मार्टको नयाँबर्ष अफर २०% छुट
स्याङ्जा ।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा स्याङ्जा र पाल्पामा सञ्चालित किसान मार्टले आफ्ना ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
हाल स्याङ्जा र पाल्पामा गरी १० वटा शाखा सञ्चालनमा रहेको किसान मार्टहरूले नयाँ वर्षलाई लक्षित गर्दै उपभोक्ताहरूलाई गुणस्तरीय सामग्रीमा आकर्षक छुट प्रदान गर्ने घोषणा गरेका हो ।
नयाँ वर्षको स्वागतसँगै ग्राहकहरूको उत्साह बढाउन किसान मार्टले खाद्यान्न, जुत्ता, लत्ताकपडा, भाँडाकुडा लगायत दैनिक उपभोग्य सामग्रीहरूमा अधिकतम २० प्रतिशतसम्मको छुट दिने बताएको छ। विशेष छुट योजना बिहीबारदेखि बैंशाख ४ गतेसम्म लागु हुने मार्टले जनाएको छ ।
किसान मार्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै, गाउँ–शहरका उपभोक्तासम्म सहज रूपमा गुणस्तरीय सामान पुर्याउने उद्देश्यले सेवा विस्तार गर्दै आएको छ। यो छुट अफर सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ, जस अन्तर्गत ग्राहकहरूले नयाँ वर्षको सुरुवातमा आवश्यक सामग्रीहरू किन्न सस्तो मूल्यमा पाउनेछन्।
पाल्पाको बेझाँडमा नयाँ शाखा सञ्चालनमा ल्याएको किसान मार्टले छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको छ। स्थानीयस्तरमा सहज सेवा, उचित मूल्य र भरपर्दो सामग्रीका कारण उक्त शाखामा दैनिक उपभोक्ताहरूको आकर्षण बढ्दो क्रममा रहेको छ।
मार्टका संचालकहरूका अनुसार, ”नयाँ वर्ष हर्ष र उमङ्गको बेला हो। हामीले ग्राहकहरूलाई उत्साहित बनाउन र उनीहरूको आवश्यकतालाई सहज बनाउने उद्देश्यले यो छुट अफर ल्याएका हौं।”
स्थानीय बजारमा अत्यधिक विश्वास बटुल्दै आएको किसान मार्टले नियमित रुपमा विभिन्न चाडपर्वमा यस्ता योजना ल्याउँदै आइरहेको रामपुर शाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो ।