मुख्यमन्त्री कप महिला भलिबलको उपाधि पाल्पालाई
लुम्बिनी ।
लुम्बिनी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय – प्रदेश खेलकुद परिषद् द्वारा आयोजित ‘मुख्यमन्त्री कप’ प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला भलिबल तर्फ प्रथम र पुरुष भलिबल तर्फ द्दितिय स्थान हासिल गर्न सफल भएका पाल्पाका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मान गरेको छ ।
गौरवपूर्ण उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला भलिबल संघ पाल्पा र जिल्ला खेलकुद विकास समिति पाल्पालाई तानसेन नगरपले विशेष आभार प्रकट गरेको छ । खेल र खेलाडीको प्रोत्साहन, सम्मान तथा सहयोगमा सदैव अग्रसर रहने तानसेन नगरपालिकाले जनाएको छ ।