भूपू सैनिक राईजिङ्ग अंग्रेजी स्कुलको अध्यक्षमा क्याप्टेन मल्ल
पाल्पा ।
भूपू सैनिक राईजिङ्ग अंग्रेजी माध्यमिक विद्यालय रामपुर ५ पाल्पाको अध्यक्षमा क्याप्टेन हिमाल मल्ल चयन हुनु भएको छ । सोमबार सम्पन्न विद्यालयको दशौं अधिवेशनले मल्ललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समितिको सदस्यमा सुवेदार गणेश बहादुर क्षेत्री, महिला सदस्य टुका कुमारी रानालाई चयन गरेको छ । समितिमा नगर शिक्षा अधिकृत विकल काफ्ले र सदस्य सचिवमा प्रधानाध्यापक गोपि सिग्देल हुनुहुन्छ । समितिमा शिक्षक प्रतिनिधि र वडा प्रतिनिधि चयन गर्न बाँकी छ ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी काफ्लेले शिक्षाको विकासमा संस्थागत विद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँ समिति गठन प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक क्याप्टेन रोमन बहादुर राना, विद्यालय व्यवस्थापन समिति प्रमुख सल्लाहकार सुवेदार केशर बहादुर खाँण, सल्लाहाकार क्याप्टेन देव बहादुर थापा मश्राङ्गी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आदर्श भुपु सैनिक संस्थाका अध्यक्ष अनेरी नायव सुवेदार पूर्ण बहादुर राना, शेयर संयोजक क्याप्टेन ओमनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य सीता प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । प्रधानाध्यापक गोपी सिग्देलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको हो । बन्द सत्रको कार्यक्रम विद्यालयका संरक्षक क्याप्टेन धन बहादुर रानाको संयोजकत्वमा भएको थियो ।