2

Logo २०८३ बैशाख १३ आइतबार
चौथो रामपुर महोत्सवको आम्दानी खर्च सार्वजनिक, २८ लाख ८५ हजार बचत

चौथो रामपुर महोत्सवको आम्दानी खर्च सार्वजनिक, २८ लाख ८५ हजार बचत


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र २० २०८१
778

पाल्पा ।

रामपुर उद्योग वाणिज्य संघले चौथो रामपुर महोत्सव तथा कृषि, पर्यटन एवं व्यापार मेलाको आम्दानी खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघको कार्यालयमा बसेको ३१ औं बैठकबाट पारित भएको खर्च बुधबार सार्वजनिक गरेको हो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महोत्सवबाट आम्दानी १ करोड ३० लाख १० हजार ८५ रुपयाँ  भएको र मेल सञ्चालन खर्च १ करोड १ लाख २४ हजार ८ सय १७ रुपियाँ खर्च भई २८ लाख ८५ हजार २ सय ६८ रुपैयाँ बचत भएको जानकारी दिनुभयो ।

झण्डै २९ लाख बचत गर्न सफल भएको बताउदै ढकालले सबैको साथ सहयोगले मेला सम्पन्न गर्न सम्भव भएको बताउनुभयो । उद्योग वाणिज्य संघको आयोजनामा चौथो संस्करणको महोत्सव गत माघ १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।

अध्यक्ष ढकालका अनुसार प्रवेश टिकट विक्रीबाट ६९ लाख ८१ हजार १००, विशेष टिकट विक्रीबाट ६८ हजार ७ सय ५०, स्टल तथा होटलबाट ५१ लाख ३४ हजार ५००, प्रयोजक तथा सहप्रयोजक लबाट ५ लाख ४६ हजार, घरेलु तथा साना उद्योग कार्यालय बाट ७३ हजार ८ सय७५, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयबाट ३० हजार, विद्युत महशुल भुक्तानी फिर्ताबाट एक लाख २५ हजार, ड्रम विक्रीबाट २२ हजार ८००, ट्याङ्की स्टेन विक्रीबाट २२ हजार ३०० र प्लाई विक्री जस्ता शीर्षकबाट ५ हजार ७ सय ६० गरि कुल आम्दानी भएको हो ।

सचिवालय तथा मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, अतिथि सम्मान, टिकट व्यवस्थापन, बजार सजावट, विद्युत, खानेपानी, झाँकी, मनोरञ्जन कर, सुरक्षा व्यवस्थापन, खेल मैदान निर्माण, प्रतियोगितात्मक कार्यक्रम, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, स्टल निर्माण, छपाई, प्रदर्शनी स्थल व्यवस्थापनमा खर्च भएको छ ।

आम्दानीमा वृद्धि भएपनि बिगतको महोत्सवको तुलनामा यसबर्ष खर्चको दायरा बढेको छ । महोत्सव विगतको तुलनामा भव्य रुपमा सफल भए पनि आम्दानीको तुलनामा खर्च बढेकाले बचत कम भएको देखिएको छ ।  विगतमा स्थानीय तहबाट समेत आम्दानी हुने गरेकोमा यस पटक प्राप्त नभएको अध्यक्ष ढकालले बताउनुभयो ।

बचत भएको रकमले संघको भवन निर्माणलाई पूर्णता दिन महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । खर्च भएका रकमको विल भुक्तानीमा ढिला भएकाले महोत्सव सकिएको झण्डै २ महिनामा।लेखापरीक्षण पश्चात् आम्दानी/खर्च सार्वजनिक गरिएको हो ।

पत्रकार भेटघाटमा पत्रकारहरुले जिज्ञासा राखेका थिए । पत्रकार सम्मेलनमा रामपुरमा क्रियाशिल सञ्चारकर्मीहरु संगै संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुको स्वागतबाट सुरु भएको थियो भने रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी (पुरुषोत्तम) ले कार्यक्रमको सञ्चालन गर्नु भएको हो ।

संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ भएको थियो । रामपुर ५ बेझाँड स्थित रामतुलसी नमुना माविको खेल मैदानमा भएको महोत्सवको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, रुपन्देही र नवलपरासी सहित गण्डकी बेशी क्षेत्रका २ लाख बढी सर्वसाधारणले मेलाको अवलोकन गरेका थिए ।

मेला अवधी भरमा ८ करोड बढीको कारोबार भएको थियो । झण्डै ५ सय स्टल रहेको मेलामा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको थियो । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन  सहित बालउद्यान, सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित वस्तु प्रदर्शनी तथा विक्री, अण्डर वाटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवहरुको उपस्थितिमा भलिबल प्रतियोगिता, प्रदर्शनी आकर्षणको रुपमा रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com