सहकारी दिवसमा रामपुर सहकारीद्दारा भित्तेपात्रो विमोचन
पाल्पा ।
रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसमा क्यालेण्डर विमोचन कार्यक्रम गरेको छ । दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमका अवसरमा नयाँवर्ष २०८२ को क्यालेण्डर विमोचन गरेको हो ।
संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले भित्तेपात्रो विमोचन गर्दै सहकारीको ध्येय र गाउँ-गाउँमा जिबिकोपार्जनमा सहकारीले पुर्याएको योगदानको प्रांशशाको चर्चा गर्नुभयो । उहाँले सन् २०३० मा सम्ममा दिगो विकासको लक्ष्य प्राप्ती गर्न प्रबिधीमा जोड दिनुपर्ने बताउनुभयो ।
सहकारीको नाममा ठगी गरेर कमाउने केही व्यक्तिका कारण अहिले सहकारीप्रति शंकाको दृष्टिकोणले हेर्ने गरिएको हुँदा सबै सहकारीलाई ठगी, समस्याग्रस्तको रुपमा हेर्न नहुने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष रेग्मीले सहकारी दिवसको अवसर पारेर संस्थाको वार्षिक क्यालेण्डर विमोचन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार नगिलाल पौडेल, संस्थाका कोषाध्यक्ष बन्दना पोखरेल, सञ्चालक समिति सदस्य हजिलदिन मिया, अनुगमन उपसमिति सदस्य विशाल श्रेष्ठ लगायतले बोल्दै सहकारी गाउँ समाजको विकासको आधार रहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी लगायत सहभागीता रहेको थियो ।
यसवर्षको सहकारी दिवसको नारा ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने रहेको छ । आज देशभर सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम भएका छन् ।