2

Logo २०८३ बैशाख १४ सोमबार
पूर्वराजदूत कमल कोइरालाको निधन

पूर्वराजदूत कमल कोइरालाको निधन


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र १७ २०८१
477

लेखक एवम् पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोइराला केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए ।

वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन् । पार्टी विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए थिए। उनको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com