2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्षी दलका नेताहरूलाई ओलीको चेतावनी

प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्षी दलका नेताहरूलाई ओलीको चेतावनी


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १२ २०८१
463

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्षी दलका नेताहरूलाई चेतावनी दिएका छन् ।

बुधवार काठमाडौँमा युवा संघको स्वयं सेवक भेलालाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलहरूलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न चेतावनी दिए ।

उनले प्रतिपक्षी दलहरूको सबै पृष्ठभूमिबारे जानकार रहेको बताउँदै ‘के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो?’ भन्नेकुरा देखिएको टिप्पणी गरे ।

कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसदलाई बनाइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि ।’

आफूले कुनै अपराध नगरेको भन्दै प्रधानमन्त्रीमाथि जथाभावी टिप्पणी नगर्न उनले चेतावनी दिएका हुन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरू लेखेको देख्दा आश्चर्य लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com