2

Logo २०८३ बैशाख १३ आइतबार
सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सरसफाइ सामग्री

सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सरसफाइ सामग्री


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
1.5K

पाल्पा ।

पाल्पाको रामपुरबाट पछिल्लो समय सेवा दिदै आएको नेपाल एस.बि.आई बैंङक रामपुर शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सरसफाईको सामग्री प्रदान गरेको छ ।

रामपुर शाखाका प्रबन्धक नबराज ढुङ्गाना सहित बैंकको टोलीले आज ईलाका प्रहरी कार्यालय रामपुरलाई डस्टबिन, झाडू, माक्सपन्जा लगायतका सरसफाईका सामाग्री दिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।

बैंकका शाखा प्रमुख नवराज ढुंगानाले रामपुर क्षेत्रमा छोटो समयमा नै राम्रो सहयोग सहकार्य पाएको बताउदै सामाजिक रुपमा पनि बैंकले समाजमा सहयोग गर्नुपर्ने दायित्वलाई निभाउदै अति आवश्यक सरसफाईलाई चुस्त बनाउन प्रहरी मार्फत सरसफाईमा ध्यान दिएको बताउनुभयो ।

यसैबीच, सामाजिक संघसस्था, व्यबसाय वा व्यक्ति जो कोही पनि सामाजिक उत्तरदायित्वमा बाधिनुपर्ने बताउदै रामपुरमा व्यबसाय गर्दै आउनुभएका कैलाश स्टोरका सञ्चालक कैलाश डोटेलले प्रहरी कार्यालयलाई शुद्ध पिउने पानीको लागि डिस्पेन्सर हस्तान्तरण गर्नुभएको छ । इलाका प्रहरी कार्यालय रामपुरमा गएर उहाँले प्रहरी प्रमुख नेपालीलाई डिस्पेन्सर प्रदान गर्नुभयो ।

सामग्री बुझ्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले शान्ति सुरक्षा र सद्भाव कायम गर्न हर नागरिकको दायित्व हुने भन्दै प्रहरी संग सहकार्य गरि सामाजिक कार्यमा लाग्नुहुने सबैमा धन्यवाद दिनुभयो । उहाँले प्रदान गरिएको सामाग्री प्रयोग र जतनमा जिम्मेवार बन्ने र बन्न आग्रह गर्दै सामाजिक कार्यले थप हौसला र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com