2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल–भारत मैत्री संघ पाल्पा अध्यक्षमा श्रेष्ठ

नेपाल–भारत मैत्री संघ पाल्पा अध्यक्षमा श्रेष्ठ


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०८१
841

पाल्पा ।

नेपाल–भारत मैत्री संघ पाल्पा शाखाको मैत्री सभाबाट अध्यक्षमा पुनः कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार पाल्पाको रामपुरमा भएको पाँचौं मैत्रीसभाबाट श्रेष्ठ पुनः निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यसअघि दुई कार्यकाल जिल्ला शाखाको नेतृत्व समालिसक्नुभएका श्रेष्ठलाई पुनः सभाले जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो । नेपाल भारत मैत्री संघको जिल्ला सदस्यहरुमा भेषराज सुवेदी, नारायणप्रसाद शर्मा, बामदेव बस्याल, विनोद श्रेष्ठ, कमल ढकाल, राजु बयम्बु, कमला दमै, कुविजा अधिकारी, ऋतुमान श्रेष्ठ, लेखनाथ शर्मा मरासिनी, कृष्णप्रसाद भट्टराई, भूगोलप्रसाद बैजु, लक्ष्मण विक, अर्जुन श्रेष्ठ, विष्णुप्रसाद रेग्मी, ओमनारायण श्रेष्ठ, विन्दु श्रेष्ठ, हेमकुमार श्रेष्ठ, मञ्जु शर्मा लगायत रहनु भएको छ ।

मैत्री सभालाई सम्बोधन गर्नुहुँदै संघका केन्द्रीय महासचिव बोधकृष्ण सुवेदीले सङ्घीय संरचना अनुसार मैत्री सङ्घलाई थप व्यवस्थित बनाएर अघि बढ्ने बताउनुभयो । १०५ जना आजीवन सदस्य आबद्ध जिल्ला शाखाको कार्यसमितिमा कुल २१ सदस्य संख्या रहनेछ । चयन भएका सदस्यहरुबाट पदाधिकारीसँगै बाँकी सदस्य पछि चयन गरिने निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com