श्रमिक महिला दिवसमा इस्मामा विविध कार्यक्रम सम्पन्न
गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकाले विभिन्न वडाहरूमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध सांस्कृतिक र सिर्जनात्मक कार्यक्रमहरू सहित मनाएको छ ।
दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, रस्साकस्सी, घैटो फोर र प्रभात फेरी जस्ता कार्यक्रम गरेर दिवस मनाएको हो ।

त्यसैगरी, महिलाहरूको स्वास्थ्यप्रति सचेत रहँदै पाठेघरसम्बन्धी निशुल्क HPV परीक्षण गरिएको छ ।
महिला सशक्तिकरण, स्वास्थ्य सचेतना र सामाजिक एकताका लागि यस्ता कार्यक्रमहरू पालिकाले निरन्तर आयोजना गरिरहने र पालिकाका महिला र पुरुषको उत्थान बिकासमा निरन्तर लाग्ने गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवरले बताउनुभयो ।
