एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त
काठमाडौं ।
एनएमबि बैंकले हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई पुनः सीईओ नियुक्त गरेको छ ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी वैशाख ९ गतेसम्मका लागि अर्थात् सढे १ महिनाको लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले ०८२ वैशाख १० गतेदेखि बैंकमा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोविन्द घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । सीईओको कार्यकाल चार वर्षको हुन्छ ।