2

Logo २०८३ बैशाख १४ सोमबार
तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालन

तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालन


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
687

पाल्पा

तानसेनकाे श्रीनगर सांस्कृतिक डबली संचालनमा आएकाे छ । लुम्विनी प्रदेश सरकारकाे झण्डै ७ कराेड लगानीमा बनेकाे डबली बुधबारदेखि संचालनमा आएकाे हाे ।

डबली संचालन भएकाे घाेषणा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले गर्नुभयाे । साे अवसरका उहाँले डबली संचालनले तानसेनमा पर्यटक प्रबर्द्धन गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । २०७६ सालदेखि निर्माण भएकाे डबली तीन वर्षअघि सम्पन्न भएकाे थियाे । डबली बनेपछि ढिला गरी प्रदेश सरकारले तानसेन नपालाई हस्तान्तरण गरेकाे थियाे । तानसेन नगरपालिकाले डबली संचालनमा लागि निजी क्षेत्र तथा संघसंस्थाका लागि प्रस्ताव पेश गर्न भनेपनि कसैले पनि डबली चलाउन रुचि देखाएका थिएनन् ।

१५ महिनापछि नगरपालिका आफैँले डबली संचालन गरेकाे नगर उपप्रमुख प्रतीक्षा सिंजालीगाहाले बताउनुभयाे । डबलीमा पाल्पाका विभिन्न जातजातिका नाच तथा सांस्कृतिक पहिचान झल्कने प्रस्तुती देखाएर पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएकाे छ । सांस्कृतिक डबली निरन्तर संचालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने नगरपालिकाका सूचना अधिकारी भरत  आचार्यले बचाउनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com