2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको मूल ढोकाको निर्माण कार्य रोकियो

पाल्पाको मूल ढोकाको निर्माण कार्य रोकियो


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१
911

पाल्पा ।

तानसेनको शित्तलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको छ । वजेटको कारण देखाउँदै ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोखिएको छ ।

पुरातत्व विभागले मूल ढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरेको थियो । विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ । तर मूल ढोकाको निर्माण भने पूरा नभई रोखिएको हो । हाल मूल ढोका निर्माण गर्न वजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।

ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझैँ ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो । विभागसँग वजेट नहुँदा मूल ढोकाको निर्माण कार्य अबरुद्ध भएको उहाँले बताउनुभयो । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो ।
मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र श्रृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी वजेटको व्यवस्था गर्नुपर्ने छ ।

मूल ढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीय बासिन्दा बताउँछन् । पाल्पाको ऐतिहासिक मूल ढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूल ढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीय बासिन्दाकाे भनाइ छ । मूल ढोका बनाउने काम सुरु गरेपछि समयमै सम्पन्न गर्नमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उनीहरू बताउँछन् । तत्कालिन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि.स. १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com