2

Logo २०८३ बैशाख १४ सोमबार
४३ औं राष्ट्रिय एकता दिवस पाल्पामा मनाईयो

४३ औं राष्ट्रिय एकता दिवस पाल्पामा मनाईयो


Sabalnews प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१
806

४३ औँ राष्ट्रिय मगर एकता दिवस तथा एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको १७ औँ बार्षिक उत्सवको भव्यताका साथ पाल्पाको रामपुरमा मनाईएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रतिनिधि सभाका सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले अब नेपालमा पनि समस्याको रुपमा उब्जिएको जलवायु परिवर्तन प्रति सचेत हुन सबैमा आग्रह गर्नु भएको छ । विश्वमा भैरहेको जलवायु परिवर्तनले आदिबासी जनजाति समुदायमा अझ थप चुनौती हुनसक्ने भएकाले सचेत रहन र सम्बन्धित निकायले सचेत गरानुपर्ने बताउनु भएको हो ।

 

यस क्षेत्रको साझा समस्या कालीगण्डकी नदी धार्मिक आस्थाको नदी भएकाले आस्थाको केन्द्रलाई बिथोलेर डाईभर्सन गर्न नहुने धारणा व्यक्त गर्नुभयो । जसरी भारतमा महाकुम्भ मेलामा ६० देखि ६५ करोड बढी सहभागी भए त्यसरी नै कालीगण्डकीको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटक आकर्षण गर्न सकिन्छ अन्यपालिकालाई उपेक्षा गरेर डाईभर्सन गर्न नहुने र यस विषयमा आवाज उठाउनुपर्ने बताउनुभय‍ो । रुपन्देही र कपिलबस्तुका भुभागलाई लक्ष्यित गरी नदी डाईभर्सन गर्नु भन्दा तटीय क्षेत्रका कृषि योग्य भूमिमा सिंचाई गर्न सके सिंचाई संगै धार्मिक आस्थामा पनि संरक्षण हुने बताउनुभयो ।उर्वर भूमिहरुलाई राज्यले उपेक्षा गरेको कारणले कृषिमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो। थापाले युवाहरुलाई राजनीतिमा अघि बढ्न आग्रह गर्नुभय‍ो ।

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघ रामपुर पाल्पाको संयुक्त आयोजना भएको कार्यक्रममा  लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले आदीबासी जनजाति समुदाय आरक्षण कोटालाई सुरक्षित राख्दै खुल्ला प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । उहाँले पाल्पा जिल्ला आफैमा मगर समुदायको बाहुल्यता रहेको र परिस्कृत भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरपालिकाले लोप हुन लागेका सम्पूर्ण जातजातिको संस्कृतिको संरक्षण गर्दै अघि बढेको बताउनुभयो ।

अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले मगर समुदायले इतिहास देखि नै सिमा रक्षा देखि मुलुकको हरेक परिवर्तन महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर राना, पूर्व केन्द्रीय सदस्य बोम बहादुर थापा, रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एवं समाजका सल्लाहाकार राम बहादुर राना, रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँण, रामपुर नगरपालिका १० का वडा अध्यक्ष तोयानाथ सारु थापा, रामपुर ५ का वड अध्यक्ष दुर्गा प्रसाद पोखरेल, जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर अध्यक्ष लिल बहादुर गाहा, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारु, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हजिल दिन मियाँले शुभकामना व्यक्त गर्नु भएको थियो।

दिवस विशेष समारोहमा पञ्चे बाजा सहित मगर संस्कृतिमा आधारित झाँकी, मौलिक भेषभुषामा सजिएका समाजका १७  समुह सहित नेपाल मगर संग बाट १० वटै वडाका नागरिकको  उपस्थिति रहेको थियो । मगरी भेषभुषामा सजिएका मौलिकता बोकेको झाकी सहितको र्‍याली बेझाँडबजार परिक्रमा गरेको थियो । लालीगुराँस मगर समूह रामपुर ५ उत्कृष्ट झाँकी कहलिएको छ । समारोहमा मगर संस्कृतिमा आधारित मौलिक सोरठी, झ्याउरे, सालैजो, कौरा, फागु प्रस्तुत गरिएको थियो ।

दिवसको अवसरमा १२ कक्षामा उत्कृष्ट अंक ल्याउन सफल समाजका सदस्य परिवारबाट रामपुर–५, का हिमालय थापा मश्राङ्गी, रामपुर–४ का स्मारिका थापालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक तर्फ सुर्योदय समूहका ८७ वर्षीय भिम बहादुर राना र दियो मगर समूहका ८७ वर्षीय धन माया आलेलाई सम्मान गरेको छ । चन्द्र बहादुर थापा अक्षयकोषबाट वि फर्मेसी अध्ययनमा नेपाल भरी मै उतकृष्ट हुन सफल रामपुर –७ का सपना रानालाई सम्मान गरेको छ । उजुर सिं राना स्मृति अक्षयकोषबाट समाजसेवी बम बहादुर थापालाई सम्मान गरिएको छ ।

कार्यक्रममा लोकदोहोरी गायिका  दिलु थापा, आईएई दोहोरी स्टारका फाईनलिष्टमा राजेन्द्र घर्ती मगर, फिल्म निर्देशक बुद्धया सुनारीको प्रस्तुती रहेको थिय‍ो। रामपुर युवा क्लब परिषरमा  विभिन्न समुहले मगरी खानाका परिकार बटुक, सेलरोटी पनि प्रदर्शनी सहित विक्री गरेका थिए ।

एकिकृत मगर उत्थान समाजका अध्यक्ष देव बहादुर थापा मश्रङ्गीको अध्यक्षतामा भएको कार्यक्रम सहअध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव जमुना राना र  सहसचिव कमल रानाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com