सितलपार्कको मुक्र्ति तोडफोड प्रति नगरप्रमुखद्धारा ध्यानाकर्षण
स्याङजा ।
स्याङजाको चापाकोट नगरपालिकाको पर्यटकीय क्षेत्र सित्तलपार्कमा रहेको मुक्र्ति तोडफोड भएको छ । चापाकोट नगरपालिकाको पर्यटकीय क्षेत्र बन्दै गएको नगरपालिका ९ बेलचौरमा रहेको पार्कमा मंगलबार राती अपरिचित समूहले उद्यान पार्कमा रहेको मुक्ति तोडफोड गरेको हो ।
नगरपालिकाका नगरप्रमुख देब बहादुर खाँण ईश्वरले अबलोकन गर्दै अराजक व्यक्ति पहिचान गरि कारबाही गर्न निर्देशन दिनुभएको छ । स्थानीय तह र स्थानीय नागरिकको अग्रसरतामा सित्तलपार्क निर्माण भएकोमा चहलपहल बढ्दै गरेको सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्ने व्यक्ति वा समुहको पहिचान गर्न र कारबाही गर्न प्रहरीलाई उहाँले आग्रह गर्नुभयो ।
नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै खाँणले अनुसन्धान गरि दोशिलाई कारबाही गरिने र यस्तो क्रियाकलाप भएको खण्डमा छरछिमेक साथीभाईले जानकारी दिनुपर्ने बताउनुभयो ।