2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जाको चापाकोटमा हुने अठारौं स्कन्दमहापुराणको तयारी तिब्र

स्याङ्जाको चापाकोटमा हुने अठारौं स्कन्दमहापुराणको तयारी तिब्र


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०८१
1.3K

स्याङजा ।

स्याङजाको चापाकोट ८ दिम्पामा रहेको उत्तरबाहिनी मणिमुकुन्देश्वर धाममा हुन गैरहेको विराट् ज्ञान महायज्ञको तयारी तिव्र रुपमा भएको छ । कालीगण्डकी उत्तर बहेको यस क्षेत्रमा फागुन १३ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञ मूल समारोह समितिले शुक्रबार मणिमुकुन्देश्वर धाममा बिराट ज्ञान महायज्ञको तयारी बारे पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

१६ औं शताब्दीमा स्थापना भएको मणिमुकुन्देश्वर शिब मन्दिर पाल्पाली राजा मणिमुकुन्द सेन सँग जोडिएको छ । तत्कालिन समयमा मणिमुकुन्द सेन प्रथम तिर्थाटनको क्रममा यही नदी उत्तरायण भएको खण्डमा आएर १२ बर्ष तपस्या गरेको किम्बदन्ती छ । बहारपुराणमा गुप्ततिर्थको रुपमा यस भुमि उल्लेख गरिएको छ ।

उत्तरगण्डकीको महिमा बिशेषता, प्राचीन ऐतिहासिक भूमि, संस्कृत विद्या र संस्कृतिको जगेर्ना गर्न गुरुकुल सञ्चालन रहेको मणिमुकुन्द धाममा नियमित बार्षिक रुपमा महायज्ञ गर्दै आएको हो । कक्षा ६ देखि संस्कृत पढाई हुदै आएको मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशाला स्थायित्वका लागि समुदाय अहिले अठारौं पुराण महायज्ञको तयारीमा रहेको छ । यसअघि बार्षिक रुपमा नियमित १७ पुराण आयोजना भएकोमा यस चरणको अन्तिम १८ औं पुराण भब्यताका साथ मनाउन महायज्ञ मुल समिति लागिपरेको छ ।

महायज्ञ मूलसमारोह समितिका संयोजक तिर्थराज बरालले गुरुकुल शिक्षाको स्थायित्व, संस्कृत भाषा र संस्कृतिको संरक्षण, गण्डकी सभ्यता एवं मणिमुकुन्द सेनको ऐतिहासिकताको पुनर्जागरण र उत्तर गण्डकी धार्मिक क्षेत्रको राष्ट्र व्यापी प्रचारप्रसार र कालीगण्डकीको महत्व बुझाउदै डाईभर्सन रोक्नका लागि यज्ञ गर्न लागिएको बताउनुभयो । यज्ञबाट संकलित दानबाट गुरुकुल भवन जिर्ण मन्दिर उद्धार र अन्य संरचना निर्माण गरिएको उहाँको भनाई छ । २०६५ देखि शुरु गरिएको गुरुकुलमा नियमित मुठीदान र विगतका महायज्ञबाट जुटेका सहयोगले चलिरहेकोमा अब कम्तीमा १०० विद्यार्थी र १० शिक्षकलाई सहज रुपमा अध्ययन अध्यापनका लागि १ कराडको कोष खडा गर्ने र त्यहीबाट गुणस्तरीय शिक्षा दिने गरि महायज्ञमा जुटेको बरालले बताउनुभयो ।

गुरुकुलका संस्थापक स्वामी ईश्वरानन्द महाराजले गण्डकी सभ्यताको जगेर्ना, संस्कृत भाषाको संरक्षण र वैदिक संस्कृति संरक्षणका लागि स्थापना भएको गुरुकुलको स्थायित्वका लागि महायज्ञ सञ्चालन गर्न लागिएको बताउनुभयो । घरघरबाट मुठी दान उठाएर गुरुकुलका गुरु तथा विद्यार्थीलाई निशुल्क गाँस, बाँसको व्यवस्था गर्दै आएको र यस भूमि र ऐतिहासिकतालाई उजागर गर्न अठारौंपुराण भब्यतापुर्वक गर्न लागिएको बताउनुभयो । नदीको जल प्रवाह उत्तर तर्फ हुनु विश्व मै दुर्लभ र छुट्टै धार्मिक महत्व छ, उहाँले भन्नुभयो–हुँगीदेखि केलादी सम्मको यसभेग बिल्लोकतिर्थ जहाँँ लाखौं स्नान र तपस्या बराबरको फल प्राप्त हुने किम्बदन्ती छ ।

मणिमुकुन्देश्वर धाम क्षेत्रमा नदी झण्डै १ हजार ३ सय मिटर उत्तर तर्फ बगेको छ । लगातार १८ वटै पुराण सकिएको ठाउँ सिद्धि हुन्छ भन्ने विश्वास लिइन्छ । गुरुकुलमा आधुनिक र प्राचिन शिक्षा पद्दति अनुसार पठन पाठन हुँदै आईरहेको छ । २०७१ देखि शिवरात्रीको अवसरमा महायज्ञ हुदै आएको छ छ ।
महायज्ञ आर्थिक संकलन समितिका संयोजक गोपाल भट्टराईले महायज्ञबाट संस्कृत शिक्षालाई वैज्ञानिक ढंगबाट प्रदान गर्न महत्वपुर्ण हुने विश्वास लिइएको बताउनुभयो । उहाँले एक करोड बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको र २५ लाख बढी खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

चापाकोट नगरपालिका ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले मणिमुकुन्देश्वर मन्दिर सबैको साझा मन्दिर भएको बताउनुभयो । गुरुकुलको विकास र प्रवद्र्धनमा सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । महन्तहरु आउने ठाउँ र सिक्न बुझ्न आउन सक्ने गरि गुरुकुलको विकास गण्डकीको संवेदनशीलतालाई बुझेर यसको उत्थानमा लाग्नुपर्ने उहाँले बताउनुभयो । चापाकोट नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष कृष्ण प्रसाद सुवेदीले धार्मिक क्षेत्रको उत्थानका लागि स्थानीयबासी, स्थानीय तह, प्रदेश र संघसंग सहकार्य गरि अघि बढ्नुपर्ने आबश्यकता रहेको औल्याउनुभयो ।
फागुन १३ देखि २३ सम्म चल्ने महायज्ञमा नेपाल कथा ब्यासका अध्यक्ष धर्मदर्शन आश्रमका संस्थापक कथाबाचक प.कुवेर सुवेदीले झाँकी सहित कथाबाचन गर्नुहुनेछ ।

महायज्ञमा आगामी फागुन १३ देखि १६ सम्म पंण्डित पूण्य प्रसाद उपाध्याय र प.थानेश्वर पौडेल मार्फत शिव महिमा प्रवचन हुनेछ भने फागुन १७ देखि २३ गते सम्म प्रमुख वाचक प. सुवेदी मार्फत प्रवचन हुनेछ । यज्ञमा विभिन्न स्थान बाट सन्त एवं विद्वत्जनहरुको उपस्थिति रहने मूल आयोजक समितिले जनाएको छ । स्याङ्जा र पाल्पाका पत्रकारहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनको सञ्चालन मूल समारोह समितिका महासचिव शंकरदेव आचार्यले गर्नु भएको हो । सम्मेलनमा मूल समारोह समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा स्थानीयहरुको सहभागीता रहेको थियो । यस ३२ रोपनी बढी क्षेत्रफल रहेको यस गुरुकुलमा अहिले ३ प्रावि दरबन्दी सहित ६ गुरु अध्यापनरत छन् भने ३२ शिष्य अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com