पुर्वखोलामा स्वास्थ्य संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत
पाल्पा ।
पाल्पाको पूर्वखोला गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाको मासिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको छ । गाउँपालिका कार्यालय सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अन्तर्गत विभिन्न वडा र क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले यस महिनाभर चलेका गतिविधि र भएका प्रगतिबारे जानकारी गराएका थिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन प्रसाद ढकालले पालिका अन्तर्गतका स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य अभियान चलाइरहेको र गाउँ टोलमा महिला स्वास्थ्य स्वयंमसेविका र स्वास्थ्यकर्मीले नियमित खोप, चेकजाच र उपचार सम्बन्धी नियमित सेवा दिएको बताउनुभयो । सरकारले चलाएको विभिन्न खोप अभियान नियमिच चेकजाच र जेष्ठ नागरिक तथा महिलाहरुको नियमित जाच सहितका निरन्तर हुने कार्य गरिरहेको कोही पनि नछुटुन् भन्ने हेतुले स्वास्थ्य शाखाले प्राथमिकता दिएको उहाँले बताउनुभयो । कार्यक्रममा पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाले मासिक प्रगति प्रतिबेदनको डाटा र भएका कार्यबारे जानकारी दिएका थिए ।
पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले स्वास्थ्यलाई नागरिकको पहिलो प्राथमिकतामा राखेर सेवा दिन आग्रह गर्नुभयो । उहाँले नजिकको स्वास्थ्य संस्थाबाट सेवा लिन पालिकाबासीलाई आग्रह गर्नुभयो ।