उद्घाटनका क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर आचार्य घाइते
पोखरा ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते हुनुभएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउने क्रममा सोही पानसमा बेलुन परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनुभएको हो।

अर्थमन्त्री पौडेल एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने क्रममा बेलुन उडाउन लाग्नुभएको थियो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। तर, उक्त बेलुन आगोमा परेपछि पड्किएको हो ।
पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उहाँहरूलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते हुनुभएको छ । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।