2

Logo २०८३ बैशाख १३ आइतबार
बेलुन फुट्दा घाइते अर्थमन्त्री र पोखराका मेयरलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

बेलुन फुट्दा घाइते अर्थमन्त्री र पोखराका मेयरलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


Sabalnews प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१
1.4K

पोखरा ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।

मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले बताउनुभयो ।

केसीका अनुसार पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको बढी असर परेको उहाँले जानकारी दिनुभयो ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com