2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सव कपको उपाधी नेपाल पुलिस क्लबलाई

रामपुर महोत्सव कपको उपाधी नेपाल पुलिस क्लबलाई


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
1.7K

पाल्पा ।

राष्ट्रिय तिनवटै बिभागिय टिम उतार्न सफल पाल्पाको रामपुरमा जारी रामपुर महोत्सव कपको उपाधि नेपाल पुलिस क्लवले प्राप्त गरेको छ । क्लव स्तरीय भलिबलको उपाधि पुलिस क्लवले हात पार्न सफल भएक‍ो हो ।

उपाधिका लागि शनिबार भएको फाइनल खेलमा नेपाल एपीएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । फाइनल खेलमा पुलिस क्लवले पहिलो सेट २५-२१, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२२ अंक सहित आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगितामा नेपाल त्रिभुवन आर्मी क्लवले तृतीय स्थान हासिल गरेको छ ।

तृतीय स्थान छनौटका लागि भएको खेलमा त्रिभुवन आर्मीले निस्दी भलिबल क्लवलाई ३-१ सेटले पराजित गरेको हो । पहिलो, तेस्रो र चौथो सेट आर्मीले २५-२१, २५-१९ र २५-१९ हात पारेको थियो । निस्दीले दोस्रो सेट २५-१९ अंक सहित हात पारेको हो । यस संगै निस्दी सान्त्वनामा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजेता मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः नगद दुई लाख २२ हजार २२२ रुपियाँ, एक लाख ५५ हजार ५५५ रुपयाँ, एक लाख एक हजार १११ रुपियाँ र ५५ हजार ५५५ रुपियाँ र सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा वेष्ट प्लेयर पुलिस क्लवका रेशम छन्त्याल, वेष्ट डिफेण्डर नेपाल एपीएफ क्लवका विनोद चन्द, वेष्ट सर्भर पुलिस क्लवका पहल गहतराज, वेष्ट ब्लकर पुलिस क्लवका सफल विक, वेष्ट सेटर नेपाल एपीएफ क्लवका दिपेश कुँवर, वेष्ट स्पाईकर त्रिभुवन आर्मी क्लवका धन बहादुुर भट्ट र वेष्ट कोच पुलिस क्लवका चन्द्र कुँवर घोषित हुनुभएक‍ो छ ।

बिजयी टिम र उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गर्दै खेल समापन कार्यक्रमका प्रमुख अतिथी अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले पाल्पाको रामपुर खेल क्षेत्रको विकास र खेलाडीको उत्साह बढ्दै गएको बताउनुभयो । उहाँले गतबर्ष राष्ट्रिय महिला भलिबल टिमलाई रामपुर उतारेर महिला भलिबल खेल भएको स्मरण गर्दै अहिले पुरुष राष्ट्रिय भलिबल टिमलाई उतारेर खेलमा रामपुरको पहिचान राष्ट्रियकरण भएको बताउनुभयो ।

विजयी समूहलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, रामपुर नगर प्रमुख रमण बहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पुरस्कार हस्तान्तरण गर्नु भएको थिय‍ो ।

प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल एपीएफ क्लव, नेपाल पुलिस क्लव, मणिमुकुन्द भलिबल क्लव र निस्दी भलिबल क्लवको सहभागीता रहेको थियो । गत माघ २१ गते देखि सुरु भएको प्रतियोगिता रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल संघको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com