2

Logo २०८३ बैशाख १३ आइतबार
दुर्गेशले धुलो उडाए, बद्री र भुमिकाले दर्शक झुमाए

दुर्गेशले धुलो उडाए, बद्री र भुमिकाले दर्शक झुमाए


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
1.7K

पाल्पा ।

पाल्पाको रामपुरमा जारी रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार पुगेका गायक तथा मोडल दुर्गेश थापाले दर्शकलाई उफारे । “दुश्मन हेरेको हेर्‍यै…” माइक संगै मञ्च उक्लेका दुर्गेशले रामपुर मेलामा दर्शक उफारेर धुलो नै उडाए ।

शनिबार र दुर्गेश इन्ट्रीको संयोजनले महोत्सव स्थल भरिभराउ भएको दर्शकको भिडले बालबालिका र महिलालाई हम्मे हम्मे पार्‍यो । महोत्सव अबधिभरकै सबैभन्दा धेरै दर्शकको उपस्थिति थियो शनिबार ।

उनी मञ्चका उक्लिए देखि दुश्मन छ धेरै गित संगै बाहिरिएका दुर्गेशलाई वान्स मोरको हुटिङ नआएको होइन । तर सुरक्षा निकाय र आयोजकलाई दर्शक धान्न धौ- धौ थियो ।

शनिबार विदा संगै चर्चित कलाकारहरुको प्रस्तुति हुनुका साथै क्लव स्तरीय भलिबल प्रतियोगिताको फाइनल र मेलाको समापनको अघिल्लो दिन भएकाले पनि दर्शकहरुको घुँइचो लागेको हो । दुर्गेश थापाको प्रस्तुतिमा रमाउनका लागि बालक, युवा देखि पाका पुस्ता सम्म महोत्सव स्थल पुगेका थिए ।

दुर्गेशका फ्यानको हुटिङले माहोल तताएको मात्र होइन उकुश मुकुश पारेको थियो । थापाले दुश्मन हेरेको हेर्यैै….., हामी पनि पनि नाच्नु पर्छ बिचबिचमा….., कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा…, हेप्पी तिहार…. गीत र र्यापले दर्शकहरुलाई उचालेका/ नचाएका थिए । दर्शकहरुले खच्चा खच भरिएको महोत्सव स्थलमा भिडलाई रोक्न र व्यवस्थापनमा सुरक्षा निकाय र आयोजकलाई हम्मे हम्मे परेको थियो । मेलामा भिड बढेपछि भिडले टिन हटाएर बाहिर निस्कन खोजेपछी महोत्सव स्थलबाट बाहिरिन चाहाने दर्शकहरुलाई लक्ष्यित गर्दै आयोजकले पश्चिमको २ नम्बर गेट खुल्ला गरेको थियो ।

प्रस्तुतिको क्रममा स्टेजमा पुग्न चाहाने दर्शकलाई प्रशासनले संयमित गराउन रोक्न खोजेपनि साना बाबुनानीहरुलाई दुर्गेशले बिचबिचमा गाउने बेला मञ्चमा तानेका थिए । दर्शक भगवान समान रहेको र संयमित भएर रमाउन आग्रह गर्दै उनले नाच्न गाउन आग्रह गरे। थापाको झण्डै एक घण्टाको प्रस्तुति सकिदा उत्तिकै हुटिङ थियो ।

वरिष्ठ लोक दोहोरी गायक बद्री पंगेनी र गायिका भुमिका गिरी प्रस्तुतिले दर्शकलाई नचाउने बनायो । राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीले कन्या राशी, बसे है पाले दाई गेट नलाई नलाई….., पानी सलल…, नाचौला झ्याउरेको तालैमा गीत मार्फत दर्शकलाई छमछमी नचाउनु भएको थियो । साथै शनिबार लोक तथा दोहोरी गायिका भुमिका गिरीले देउरालीमा पर्खि बसे…., चोली मैलै भो…..,तारा संगै जुन….., मलाई संधै माया कै पिरलो…. लगाएतका गीत प्रस्तुत गर्नुभयो ।

मेलामा आइतबार चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, डिप्लव खाती, मोडल तथा डान्सर आस्था न्यौपाने, श्रेया थापा मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो ।

मेला स्थलको सांस्कृतिक कार्यक्रम स्थलमा मात्र नभै शनिबार बालउद्यान, विक्री स्टल, होटल तथा बालउद्यानमा दर्शकहरुको अत्याधिक घुँईचो रहेको थियो । रामपुर वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षण गत माघ १५ देखि सुरु भएको मेलामा शनिबार हाल सम्मकै धेरै दर्शकहरुको उपस्थिति भएको हो । रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा शनिबार १९ हजार २० जना दर्शकले टिकट खरिद गरी मेलाको अवलोकन गरेको टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी,  स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको संख्या गणना गरिएको छैन ।

कार्यक्रमको सञ्चालन गायिका मञ्जु पौडेल र रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री पुरुषोत्तमले गर्नु भएको हो । कालीगण्डकीबेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ  “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ भैरहेको मेलामा चार सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।

मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी  तथा विक्री, अण्डर वटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवहरुको उपस्थितिमा भलिबल प्रतियोगिता, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले साविकको क्याक्मीमा जन्मिनु भई हाल रामपुर ५ मा बस्दै आउनु भएका एक सय दुई वर्षीय जेष्ठ नागरिक चन्द्र बहादुर थापा, पूर्व राष्ट्रिय भलिबल खेलाडी सागर मल्ल र राष्ट्रिय भलिबल स्वर्गीय सन्तोष थापाको परिवारलाई रामपुर उद्योग वाणिज्य संघले सम्मान गरेको छ । भलिबल प्रतियोगिताको पुरस्कार शनिबार नै प्रदान गरिएको छ । माघ १५ देखि सुरु भएको मेलाको आइतबार विधिवत रुपमा समापन गरिदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com