2

Logo २०८३ बैशाख १३ आइतबार
शुक्रबार रामपुर महोत्सवमा कुमा सागरको व्याण्ड

शुक्रबार रामपुर महोत्सवमा कुमा सागरको व्याण्ड


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१
1.4K

पाल्पा ।

चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ ।

गत माघ १५ देखि जारी महोत्सवमा माघ २५ गते शुक्रबार कुमा सागर एण्ड द ख्वपको प्रस्तुति रहने आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा शुक्रबार अपरान्ह पाँच बजे देखि गुञ्जिने छ । व्याण्डको हावाको लहर…., फुरफुरी…., चमेली फूल…., ओ चम्फा….. छहरी सरि…, धर्के झोला…., रारा तालैमा लगाएतका दजनौं गीतहरु चर्चित रहेको छ । युवाका दर्शकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै महोत्सवमा कुमा सागर एण्ड द ख्वपलाई महोत्सव प्रस्तुत गर्न लागिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर के.सी. पुरुषोत्तमले बताउनुभयो ।

कुमा सागर एण्ड द ख्वप व्याण्डको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन आवश्यक थप व्यवस्थापनको कार्य अघि बढाईएको सांस्कृतिक संयोजक दिपक के.सी. बताउनुभयो । व्याण्डको प्रस्तुतिलाई मध्यनजर गर्दै स्टेज, साउण्ड, लाईटको व्यवस्थापनको थप तयारी अघि बढाईएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com