महोत्सवमा आयोजित बक्तृत्वकला प्रतियोगितामा अब्दुल खालिद प्रथम
पाल्पा ।
रामपुर महोत्सवमा आयोजित माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा आधारभुत माविका विद्यार्थी अब्दुल खालिद उत्कृष्ट भएका छन् ।
गत माघ १५ गतेदेखि शुरु भएको रामपुर महोत्सव, कृषि प्रदर्शन तथा व्यापार मेलामा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार” शीर्षकमा भएको प्रतियोगितामा १४ विद्यालयले भाग लिएका थिए ।
माध्यमिक तहका छात्रा छात्र सहभागी बक्तृत्वकला प्रतियोगितामा आधारभुत माबिका खालिद प्रथम, द्दितिय रामपुर आवासिय उच्च माबिका विद्यार्थी शारदा श्रेष्ठ, तृतीय भानुभक्त माबी रामपुर ५ का विद्यार्थी वर्षा रावत र सान्त्वना भुपु सैनिक बोर्डिङ स्कुलका विद्यार्थी मनिषा नेपाली भएकी छन् ।
प्रतियोगितामा बिजयी विद्यार्थी प्रथम, द्दितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार ५ सय, ५ हजार, ३ हजार र १ हजार ५ सय नगद प्राप्त गरेका छन् ।