रामपुर महोत्सबमा मंगलबार धमाका, बरिष्ठ कलाकार दुर्गा रायमाझी देखि शिब हमाल, रमेशराज भट्टराई, ईब्सल सन्ज्याल संगै मन्चमा
पाल्पा ।
पाल्पाको रामपुरमा जारी चौथो रामपुर महोत्सबमा मंगलबार स्टेज तताउने कलाकारको आगमन सँगै धमाका हुनेछ । पाल्पाली बरिष्ट कलाकार दुर्गा रायमाझी सँगै गीतसंगितका हस्ती शिब हमाल र धमाका मच्चाउने रमेशराज भट्टराईको प्रस्तुति महोत्सबमा हुनेछ ।
पछिल्लो समय देउडा र लोकगीतसँगै अभिनयबाट चर्चाको शिखरमा रहेकी गायिका ईब्सल सन्ज्यालको प्रस्तुतिले रामपुरमा डेउडा घन्किनेछ ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका दुर्गा रायमाझी आफ्नै गृह जिल्ला पाल्पाको रामपुरमा हुनेछ । गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत रहनुभएका रायमाझीका निकै चर्चित गीत बटौलीमा निम्तो छ मलाई जानु पर्छ जोर मादल भिरेर, अचेल गाउमा यस्तै छ सान्नानी, भैसी पालेर जस्ताले उहाँलाई पुराना पुस्तादेखि नयाँ पुस्ताको लागि सुन्ने गीत भएको छ । फर्क दाई फर्क गीत विदेशिएका नेपाली र गाउँलेको भावना बोकेको छ । रायमाझीले भावुक देखि नचाउने गीत गाउनेछन् ।
गायक शिब हमालले दर्शकलाई नचाउनेछन् । उनको प्रस्तुति दर्शकका लागि धमाकेदार हुनेछ । पछ्यौरी लेउ बईना’, लालु मै’ ‘मन परेको फुल खसेको’, ‘देउरालीको भट्टी पसल’, ‘रक्षा गर हरी’, ‘पारेऊ मलाई रुन मायालु’, ‘सानु कहाँ छौं’, ‘हाँस्न सिकायौं’, ‘कस्लाई सोध्ने होला’ चट्टै मायाँ लै लै लगायतका सयौं गीत उनको चर्चामा छ ।
धमाका मच्चाउने गायक रमेशराज भट्टराईको बहुला बनाएर गीत प्रेममा पागल हुनेहरुका लागि र प्रेममा पर्नेहरुलाई उर्फानेछ । उनको नाच नाच, खत्तम भए यार, हरेश गीत सहितका गीत उत्कृष्ट छन् ।
देउडा तथा लोकगायिका इब्सल सन्ज्याल पछिल्लो समय चर्चामा रहेकी कालाकार हुन् । लोक तथा आधुनिक गीतमा पोख्त गायिका हुन् उनी । सुदूरपश्चिमको ठाडी भाकाबाट कला क्षेत्रमा डेब्यु गरेकी उनको देउडा गीतले रामपुर थर्किनेछ ।
गायिका सलिना थापाको प्रस्तुति पनि मंगलबार रहनेछ ।