2

Logo २०८३ बैशाख १३ आइतबार
शनिबार १० हजार भन्दा बढी टिकट बिक्रि

शनिबार १० हजार भन्दा बढी टिकट बिक्रि


Sabalnews प्रकाशित मिति : शनिबार, माघ १९ २०८१
2K

रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको शनिबार १० हजार भन्दा बढी दर्शकले टिकट खरिद गरि अवलोकन गरेका छन् । चौथो संस्करणको मेलामा अहिले सम्म कै धेरै दर्शकले मेलाको अवलोकन गरेका हुन् ।

रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा दर्शकहरुको घुँईचो लागेको थियो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षण गत मंगलबार बाट सुरु भएको मेलामा मेला सुरु भए देखि अहिले सम्म कै धेरै दर्शकले उपस्थिति जनाएको आयोजकले जनाएको छ । शनिबार १० हजार ५० जना दर्शक टिकट काटेर मेला स्थलमा प्रवेश गरेको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी,  स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको गणना गरिएको छैन ।

शनिबार दर्शकहरुको उत्साह पूर्ण सहभागिताले आयोजकलाई थप उत्साहित बनाएको अध्यक्ष ढकालले बताउनुभयो । टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले दर्शकहरुको भिड भएकाले टिकट विक्री स्टलमा व्यवस्थापनको लागि हम्मे हम्मे परेको बताउनुभयो । एक सय रुपैया र सहुलियतको टिकट विक्री बाट एकै दिन आठ लाख ५२ हजार पाँच सय आम्दानी भएको उहाँले बताउनुभयो  ।

कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ  “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला स्थल दर्शकहरुले भरिभराउ रहेको थियो । मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघले जनाएको छ ।

संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी  तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

मेला स्थलमा शनिबार ल‍ोकदोहोरी प्रतियोगिता संगै खुल्ला रचना वाचन कार्यक्रम समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com