पाल्पा ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रामपुर नगर कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भिमविश्व भट्टराईको अध्यक्षतामा २५ सदस्य नगर कमिटी गठन गरेको छ । सर्वसहमतिमा चयन भएको कमिटीको वरिष्ठ उपाध्यक्षमा यम बहादुर सुनार, उपाध्यक्ष गिता देवि वि.क., सचिवमा लक्ष्मी देवि ढकाल, सहसचिवमा रमेश सुनार र कोषध्यक्षमा जयलाल वि.क.लाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा तुल बहादुर मल्ल, सर्ज बहादुर बि.क., मिनु नेपाली, विनिता नेपाली, दिर्घनारायण चापागाँई, बिजय पाठक, कुलविर कुमाल, बाबुराम बि.क., सुजन भट्टराई, उमनाथ उपाध्याय, बुद्धिराज बिक., मिलन बि.क., अविनास बि.क., माँया नेपाली देविलाल अधिकारी, मिडुमााया सुनार, चन्द्रावती अधिकारी, ज्ञानेन्द्र भट्टराई रहनुभएको छ ।

अधिवेसनकै अबसरमा सल्लाहकार समिति पनि चयन भएको छ । जसमा हाकिम बहादुर थापा, पिताम्बर भट्टराई र हाजिरा खातुन रहनुभएको निर्वाचन समितिका संयोजक कमलराज भट्टराईले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चाज चक्रपाणी खनाल (बलदेव) ले अधिबेशन उद्घाटन गर्दै पार्टी संगठन बिस्तारमा लागेको बताउनुभयो । बिगतको कमी कमजोरीलाई सच्याउदै अब सशक्त भएर पार्टी निर्माणमा लाग्ने बताउनुभयो । उहाँले अहिलेको सरकार शिक्षा, स्वास्थ्य रोजगारमा ध्यान नदिएर जनतालाई विदेश पठाएर भष्टाचारमा डुबेको आरोप लगाउनुभयो । उहाँले कृषिमा लगानी, रोजगार सिर्जना र उर्जा उत्पादनमा ध्यान दिन आग्रह गर्दै जनतालाई पहिलो प्राथमिकता दिएर संविधानमा लेखिएका अधिकार जनतामा प्रत्याभूत गराउन आग्रह गर्नुभयो । उहाँले महिलामैत्री संविधानमा व्यवस्था गरेको नेकपा माओबादीको देन नविर्सन आग्रह गर्दै बलियो प्रतिपक्षी हुदै देश विकास र जनतामा फेरि एकपटक ठुला दल सुर्धान मुद्धा लिएर जाने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य अनिलकिशोर घिमिरेले अहिलेको सरकार भ्रष्टाचारमा मुछिएको बताउनुभयो । माओवादी केन्द्र पाल्पा जिल्ला ईन्चार्ज नेत्रप्रसाद पाण्डेले आगामी चुनावमा बहुमत साथ विजय गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भएको थियो । केन्द्रिय कमिटी सदस्य पुरन केसीले मिसन ८४ मा बहुमत साथ विजय गराउन गाउँ गाउँमा जनताको माझ जानुपर्ने बताउनु भएको थियो ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य कमलराज भट्टराईले रामपुर क्षेत्रमा सुरुवातमा सिमित व्यक्तिहरुको सहभागितामा कार्यक्रम भए पनि माओवादीको विचार र सिद्धान्तमा क्रमश जनता जोडिदै गएको बताउनुभयो । उहाँले सक्रिय भएर संगठन निर्माणमा जुट्न आग्रह समेत गर्नुभयो ।
लुम्बिनी प्रदेश कमिटीका यज्ञ पोखरेलले समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता माओवादी केन्द्रको नेतृत्वमा भएको बताउनु भएको थियो । नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला संयोजक राजेन्द्र वि.क.ले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य जित बहादुर थापा, जिल्ला कमिटी सचिव मथुरा ढकाल लगाएतको सहभागीता रहेको थियो ।
नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनारको अध्यक्षतामा हिटेल नमस्तेमा भएको कार्यक्रम उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत र सञ्चालन सचिव पिताम्बर भट्टराईले गर्नु भएको हो ।