2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर प्रहरीद्धारा अबैध मदिरा नष्ट

रामपुर प्रहरीद्धारा अबैध मदिरा नष्ट


Sabalnews प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
890

पाल्पा ।

इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध रुपमा गाडीमा ल्याउदै गरेको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । तानसेन तर्फबाट रामपुर आउदै गरेको बस चेकजाँचको क्रममा निस्दी गाउँपालिका ५ बेलडाँडा क्षेत्रबाट २ सय ७० लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गरेको थियो । सो क्रममा तानसेन बाट रामपुर तर्फ आउँदै गरेको लु १ ख ८३६४ नम्बरको यात्रुवाहक बसबाट मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।

२ सय ७० लिटर बरामद मदिरा ४० हजार मुल्य बराबरको रहेको छ । प्रहरीले जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा मदिरा खुला चौरमा खाल्डो गरि पोखेको छ । प्रहरी कार्यालय परिषर बाहिर खानिएको खाल्डोमा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की, पत्रकार तथा सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com