2

Logo २०८३ बैशाख १४ सोमबार
मृत्युमार्ग कहलिएको सिद्धबाबा खण्ड अब जिवनमार्ग- प्रधानमन्त्री ओली

मृत्युमार्ग कहलिएको सिद्धबाबा खण्ड अब जिवनमार्ग- प्रधानमन्त्री ओली


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
925

बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङ्गमार्ग मृत्युमार्ग कहलिएको सिद्धबाबा खण्ड अब जिवनमार्ग भएको बताउनुभएको छ ।

सुरुङको समयमै ब्रेक थ्रु भएको र बाँकी काम पनि समयमै सम्पन्न हुने बताउदै प्रधानमन्त्री ओलीले बुटवलबाट पहाडका जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पोखरा सहित लाग्ने र बुटवल झर्ने नागरिकलाई निकै सहज हुने बताउनुभयो । ओलीले पाल्पाका दुई पालिकाको प्रशासनिक भवन पनि उद्घाटन गर्नुभएको छ । जिल्लाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्दै उहाँले जनतालाई सहज सेवा दिन सरकार प्रतिबद्द रहेको उल्लेख गर्नुभयो । ठुला दल बिचको गठबब्धन सरकार निरन्तर अघि बढ्ने बताउदै उहाँले अफ्ठ्यारा चुनौतीलाई मेट्दै सरकार दृढ बिश्वासका साथ जनता संग पुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्धघाटनका क्रममा पाल्पा घरेलु तथा कुटिर उद्योगको लागि प्रख्यात रहेकाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन घरेलु कुटिर उद्योग र कृषिमा जोडदिन स्थानीय सरकारलाई निर्देशन दिए । प्रधानमन्त्रीले पाल्पा राष्ट्रियता जोगाउने सन्दर्भमा पनि अगाडी रहेकाले त्यो भवना अटल रहोस भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथी नेपाल सरकारका उप प्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले गाउँपालिकाले दिने सेवा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।  ६० र ४० को अबधारणा अनुसार कार्यान्वयन गरेको बताउनुभयो।

त्यस्तै उद्धघाटन समारोह कार्यक्रममा नेपाल सरकारका उप प्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले पाल्पाको बिकासको सवालमा नेपाल सरकार जानकार रहेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरउन्नती हुने बताउदै कालिगण्डकी डाईभर्सन गर्ने योजनाले पनि पाल्पाको बिकासमा टेवा पुग्ने बताउनुभयो ।

बगनासकाली गाउँपालिकाको भवन न्यू ड्रयागन आर एण्ड आर जेभीले २०७८ फागुन ८ गते निर्माण सुरुगरि २०८० फागुन २ गते निमार्ण सम्पन्न गरेको हो । नवनिर्मित ४ तले भवनमा १९ वटा कोठा रहेका छन् । भवन भ्याटबाहेक ५ करोड ६७ लाख ४९ हजार १ सय ४७ रुपैया लागानी लागेको छ । जसमा स्थानीय सरकारको ४० प्रतिशत र संघिय सरकारको ६० प्रतिशत रकम रहेको छ । यसैबिच भर्चुअल माध्यम बाट तिनाउ गाउँपालिका भवन पनि प्रधानमन्त्री ओलीद्दारा उद्घाटन भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com