2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली समाज युएईको अध्यक्षमा रामबहादुर मोक्तान

नेपाली समाज युएईको अध्यक्षमा रामबहादुर मोक्तान


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
1.3K

 काठमाडौं ।

नेपाली समाज युएईको अध्यक्षमा रामबहादुर मोक्तान निर्वाचित हुनुभएको छ । संस्थाको १६ औं महाधिवेशनले मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

पार्षद् अध्यक्षमा कमल गिरी, वरिष्ठ उपाध्यक्षमा टंक बहादुर थापामगर, उपाध्यक्षहरूमा केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, रामप्रसाद श्रेष्ठ, लक्ष्मी पौडेल, तारासिंह विष्ट निर्वाचित हुनुभयो ।

पार्षद् उपाध्यक्षमा हुमराज विक, महासचिव जीवन पंगेनी, सचिवमा प्रकाशदत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिवमा सुरेन तामाङ, कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सीना छन् ।

सहकोषाध्यक्षमा लीलाप्रसाद भट्ट, प्रवक्तामा युवराज भट्टराई, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुखमा संगिता नेपाल अधिकारी र केन्द्रिय सदस्यमा जीवलाल पाण्डे, सिर्जना थापा, बुद्धबहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमलबहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्रबहादुर घर्तिमगर हुनुहुन्छ ।

निर्वाचित टीमलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बधाई तथा शुभकामना दिदै यूएईका हरेककुनामा रहेका नेपालीलाई परेको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने प्रतिबद्धता गर्नुभयो । दूतावासको सेवा प्रभावकारी बनाउने उहाँको भनाई छ ।

शुभकामना मन्तव्य दिने अन्य अतिथिले विविध कारणवश समस्यामा परेका श्रमिकको समस्या समाधान तथा सहजीकरणका लागि समाज सारथी बनेको विषय बताउँदै संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com