2

Logo २०८३ बैशाख १३ आइतबार
माघ ३ गतेअघिका शिक्षकहरुलाई योगदानमा आधारित निवृत्तिभरण लागु हुँदैनः शिक्षामन्त्री भट्टराई

माघ ३ गतेअघिका शिक्षकहरुलाई योगदानमा आधारित निवृत्तिभरण लागु हुँदैनः शिक्षामन्त्री भट्टराई


Sabalnews प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
1.9K

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने बताउनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे छलफल भएको जानकारी दिदै यो ब्यवस्था अध्यादेश जारी भएपछिको मीतिबाट मात्र लागु हुने मन्त्री भट्टराईले बताउनु भयो ।

‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा, यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भन्ने, बैठकमा छलफलपछि जहिलेबाट ऐन बनेको छ त्यहीबाट लागू हुने कुरा भएको छ । त्यो भनेको ०८१ माघ ३ गतेपछिका शिक्षको हकमा मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ ’ मन्त्री भट्टराईले भन्नुभयो ।

गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश मार्फत शिक्षकको निवृत्तिभरण कोषको ब्यवस्था संशोधन गर्दै सरकारी शिक्षकहरूले पनि योगदान गरी निवृत्तिभरण पाउने व्यवस्था गरेको थियो । माघ ३ गते राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com