के एच.पि.भी. खोप सुरक्षित छ ?
काठमाडौं ।
नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् नि:शुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त (WHO prequalified) हुनुका साथै नेपालको औषधि व्यवस्था विभागले समेत स्विकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ।
अहिले एच.पि.भी. खोप १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरि किशोरीहरूलाई दिइन्छ । यसको प्रभावकारीता शतप्रतिशत सम्म रहेको विभिन्न अध्ययनहरूले देखाइसकेको छ ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।