बृद्धाकाे हत्या आराेपमा पक्राउ
बृद्धाकाे हत्या आराेपमा पक्राउ
806
पाल्पा ।
पाल्पामा एक महिलाकाे हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रिव्दीकाेट गाउँपालिका-५, की ५४ वर्षीया नीरा कुमारी लम्तरी रहेकी छन् ।
पक्राउ परेकी लम्तरीले वि.स. २०७९ असार ३१ गते रिव्दीकाेट-५, कुसुमखाेलाकी ७६ वर्षीया भुमकुमारी आलेकाे हत्या गरेकाे परिवारले प्रहरीमा दिएकाे किटानी जाहेरीमा उल्लेख छ । परिवारले किटानी जाहेरी दिएपछि घटना भएकाे अढाइ वर्षपछि लम्तरीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले बताउनुभयाे । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।
अढाइ वर्षअघि घर नजिकैकाे हर्केखरक जंगलमा दाउरा खाेज्न जानुभएकी आले मृत अवस्थामा भेटिनुभएकाे थियाे । त्यतिबेला आलेकाे हत्या भएकाे आशंका स्थानीयले गरेका थिए । प्रहरीका अनुसार मृतक वृद्ध महिलाकाे अनुहारमा चाेट लागेकाे थियाे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट