2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर उद्योग वाणिज्य संघले पायो उद्योग वाणिज्य महासंघको सदस्यता

रामपुर उद्योग वाणिज्य संघले पायो उद्योग वाणिज्य महासंघको सदस्यता


Sabalnews प्रकाशित मिति : बुधबार, माघ २ २०८१
2.5K

पाल्पा ।

रामपुर नगरपालिका घोषणा भएसँगै स्थापना भएको रामपुर उद्योग वाणिज्य संघले झण्डै १ दशकपछि उद्योग वाणिज्य महासंघको सदस्यताले पाएको छ ।

बि.स.२०७२ सालमा रामपुर क्षेत्रमा भएका उद्योगी व्यापारीको भेलाले तदर्थ समिति गठन गरि भएको रामपुर नगर स्तरीय उद्योग वाणिज्य संघ अहिले छुट्टै सदस्यको रुपमा केन्द्रबाट सदस्यता प्राप्त गरेको हो । सदस्यता पाए संगै संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल महासंघको साधारण सभामा मुख्य प्रतिनिधि बनेर पहिलोपटक सभामा सहभागी हुनुभएको छ ।

बि.स.२०७१ सालमा नेपाल सरकारले देशका ७२ स्थानमा नगरपालिका घोषणा गर्दा देशकै ठुलो नगरपालिकाको रुपमा रामपुर नगपालिका घोषणा भएको हो । नगरपालिका घोषणा पछि महासंघमा भएको व्यवस्था अनुसार नगरमा छुट्टै उद्योग वाणिज्य संघ गठन गर्न पाउने प्रावधान अनुरुप रामपुरमा उद्योगी व्यवसायीको भेला बसेर उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको थियो ।

२०७२ साल भदौ १६ गते बसेको भेलाले तत्कालिन समयमा भोजेन्द्र प्रकाश ढकालको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । समिति गठनको महिनादिन पछि असोज २४ गते जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भएको हो ।

स्थापना पश्चात् विविध कार्यक्रम गर्दै सक्रिय रहदै आएको संघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गरि भवनबाट कार्यालय सञ्चालन गरेको छ । आफ्नै भवन, बार्षिक २० लाख बढी आम्दानी, सदस्य संख्या विस्तार सहित विविध प्रक्रिया पुरा गरेपछि महासंघले यही मंसिर २५ को विशेष साधारण सभामा संघलाई महासंघको सदस्यता दिएको हो । अब पाल्पामा जिल्ला उद्योग वाणिज्य संघ जस्तै रामपुर उद्योग वाणिज्य संघले हैसियत पाएको छ ।

बि.स.२०७० सालमा नै उद्योग वाणिज्य संघको इकाई स्थापना गरि उद्योग वाणिज्य संघले शिबिर, कर शिक्षा,दर्ता नबिकरण सहित रामपुरमा विभिन्न गतिविधि चलाउदै आएको थियो । पाल्पा सदरमुकामदेखि झण्डै ६५ किलोमिटर पुर्वमा रहेको रामपुर २०७१ सालमा नगरपालिका घोषणा भएपछि छुट्टै सदस्य हुने गरि अगाडी बढेको थियो । तत्कालिन समयमा तदर्थ समिति गठनको सिलसिलामा बसेको भेलामा समेत २५० उद्योगी व्यवसायी आबद्ध थिए ।

सोहीभेलाले विधान मस्यौदा समिति, रामपुर नगरपालिका, नगर विकास समिति र समितिका पुर्व पदाधिकारी सदस्य रहेको १५ सदस्यीय सल्लाहकार समिति गठन गरि अगाडी बढेको थियो ।

तदर्थ समितिदेखि हालसम्म संघको नेतृत्व अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले गर्दै आउनुभएको छ । संघले स्थानीय उत्पादन, पर्यटन प्रबर्द्धन, कालीगण्डकी उपत्यकाको चिनारी, व्यबसायिक सहयोग सहित उद्योगी व्यापारीलाई सहजताको लागि दर्ता, नबिकरण कर शिक्षा लगायत शिबिर र अन्य सामाजिक काम गर्दै आएको सचिव बिनोद श्रेष्ठले जानकारी दिनुभयो । हाल रामपुर उद्योग वाणिज्य संघमा सदस्य संख्या २ हजार १ सय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com