2

Logo २०८३ बैशाख १४ सोमबार
पुर्वखोला गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो स्विटर

पुर्वखोला गाउँपालिकाद्धारा विद्यार्थीलाई न्यानो स्विटर


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १ २०८१
1K

पाल्पा ।

पाल्पाको पुर्वखोला गाउँपालिकाले पालिकाका विभिन्न विद्यालयका गरिब तथा जेहन्दार परिवारका विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ । पालिकाले गाउँपालिकाका भित्रका विद्यालय छनौट गरि सो विद्यालयका विद्यार्थीलाई जाडोको समयमा स्विटर बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले अकला आधारभूत विद्यालय, जनजागृति प्राथमिक विद्यालय र पुष्प स्मृति प्राथमिक विद्यालय सहितका विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।आ.ब.२०८१/०८२ को कार्यक्रम अन्तर्गत छनोटमा परेको विद्यालय अकला आधारभूत विद्यालयबाट २० जना विद्यार्थी, जनजागृति प्राथमिक विद्यालयका १० जना विद्यार्थी र पुष्प स्मृति प्राथमिक विद्यालयका १० जना विद्यार्थीलाई न्यानो स्विटर प्रदान गरिएको हो ।

पालिकाले तल्लो तहका जेहन्दार विद्यार्थी छनौट गरि जाडोको समयमा न्यानो हुन र न्यानोपनाले विद्यार्थीको स्वास्थ्य र सिकाईमा पनि सहज होस् भन्ने हेतुले स्विटर बितरण गरिएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com