गरिमा बिकास बैंकको अध्यक्षमा खाण
स्याङ्जा ।
स्याङ्जाबाट बिकसित भएको गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको नेतृत्व चयन भएको छ ।
पाेखरामा सम्पन्न गरिमा बिकास बैंकको अठारौं वार्षिक साधारण सभाले दिलिप प्रताप खाणको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
निर्वाचित सञ्चालक समितिहरुमा श्याम प्रसाद बस्याल, दिपेन्द्र श्रेष्ठ, शोभाकान्त ढकाल, बिमल पाण्डे, आयुष्मा कोइराला
र स्वतन्त्र सञ्चालक मुकुन्दराज आचार्य निर्वाचित हुनुभएको छ ।
बैंकलाई अझ प्रबिधी मैत्री, सेवा बिस्तार र शाखा बिस्तार सहित सामाजिक कार्य गर्ने सपथग्रहणपछि नबनिर्वाचित अध्यक्ष दिलिप प्रताप खाणले बताउनुभयो ।