2

Logo २०८३ बैशाख १४ सोमबार
पत्रकार पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत

पत्रकार पाण्डे शिक्षा पत्रकारिताबाट पुरस्कृत


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २७ २०८१
4.9K

पाल्पा ।

काविल पाल्पाली मल्टिमिडियाका अध्यक्ष तथा राष्ट्रिय न्यूजका संचालक खेमराज पाण्डे प्रेस चौतारीद्दारा पुरस्कृत भएका छन् ।

शुक्रबार प्रेस चौतारी पाल्पाले पुरस्कार वितरण, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका थियो । सोही कार्याक्रममा प्रेस चौतारी नेपाल पाल्पा शाखामा स्थापित शेष कुमारी लोकप्रसाद स्मृर्ति शिक्षा पत्रकारिता पुरस्कार २०८१ बाट पाण्डे पुरस्कृत भएका हुन् ।सो पुरस्कार लुम्बिनी प्रदेेेश सभा सदस्य तथा अर्त्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले स्त्थपना गर्नुुभएको हो ।

प्रेस चौतारी नेपालका कार्य समिति सदस्य तथा सचिवालय सदस्य समेत रहेका पाण्डे विगत १३ वर्ष देखि पत्रकारिता पेशमा आवद्ध रहेका छन् ।

पाण्डेको मिडिया विगत:
पाण्डेले २०६७ सालमा रेडियो पश्चिमाञ्चल एफ.एम.बाट पत्रकारिता सुरुवात गरेका हुन् । बोल्ने लेख्ने भन्दा बढी भिडियो तथा फोटोमा रुची भएका पाण्डे रेडियो पत्रकारिता छोटो समयमा नै बिट मारेका थिए । पाण्डेको रुची अनुसार पाल्पामा दोस्रो टेलिभिजनको रुपमा संचालन भएको सुर्यादय टेलिभिजनमा भिडियो तथा फोटोको काम गर्दै आफ्नो पत्रकारितालाई अगाडी बढाएका थिए । त्यो टेलिभिजनमा केही वर्ष काम गरेपछि पाल्पामा संचालनमा आएका श्रीनगर टेलिभिजन,पाल्पा टेलिभिजन र करुवा टेलिभिजनमा काम गरेका थिए ।

टेलिभिजनको पत्रकारितालाई छाडेर पाण्डे अहिले आफ्नै मिडिया कम्पनी संचालन गर्दै आएका छन् । २०७१ सालमा कम्पनी दर्ता गरेका पाण्डेले तानसेनमा कार्यक्रय संचालन गरि काम गर्दै आएका हुन् । पाण्डेको कम्पनीमा विज्ञापन उत्पादन तथा वितरण,भिडियो निर्माण,टेलिभिजन कार्यक्रम उत्पादन लगायतका काम गदै आएका छन् । साथै २ वर्ष देखि अनलाइन पोटल राष्ट्रिय न्यूज डट कम पनि संचालन गर्दै आएका छन् । पाण्डे प्रेस चौतारी नेपाल पाल्पा शाखामा २०७५ साल देखि आवद्ध छन् ।

भारतमा पनि भिडियोको काम:
रोजगारीको शिलसिलामा पाण्डे २०६१ सालमा भारता गएका थिए । भारतमा पनि संयोगले आफ्नो रुची अनुसार कै काम पाएको बताएका छन् । उनले भारतको मुम्बाईमा बसेर फोकस टेलिभिजनमा करिब ४ वर्ष कार्यक्रम छायांकनको काम गरेको बताएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com