पाल्पामा छुट्टाछुट्टै घटनामा २ को ज्यान गयो
पाल्पामा छुट्टाछुट्टै घटनामा २ को ज्यान गयो
1.2K
पाल्पा ।
जिल्लाकाे तिनाउ र बगनासकालीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको रुखबाट लडेर र अर्काे एक जना मृत अवस्थामा फेला परेका हुन्।
जिल्लाको तिनाउ गाउँपालिका–२, पाँचकुनाका ५५ वर्षीया रीमा सारुको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार आफ्नै घर पछाडिको खनियाँको रुपमा चढेर घाँस काट्ने क्रममा लडेर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ ।
यस्तै जिल्लाको बगनासकाली–२, पोखराथोक ठूलीचउरमा एक पुरूष मृत फेला परेका छन् । मृत भेटिएका पुरूष बर्दिया जिल्ला गेरुवा–२ का ३५ वर्षीय मायाराम थारु रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले इरानीमहललाई जानकारी दिनुभयाे ।
पोखराथोकमा कमल निर्माण सेवाको काम गर्दै आउनुभएका थारु बुधबार निर्माणस्थलमा मृत फेला परेको प्रहरीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट