गाउँमा रागो डो¥याउदै पुग्नुहुन्छ टिकाराम विश्वकर्मा
पाल्पा ।
शिरमा ढाका टोपी ढल्काउदै, हातमा लठ्ठी लिएर गाउँ–गाउँमा राँगो डोर्याउदै बित्ने गरेको छ पाल्पा निस्दी गल्धाका टिकाराम विश्वकर्माको दैनिकी । उमेरले ५५ वर्ष पुग्नुभएका बिश्वकर्मा पेशामा मात्र होइन । गाँउ टोलमा स्रहनिय काम गरेका छन् । हिजोआज गाउँघरमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ ।
तर निस्दी गाउँपालिका ५, गल्धा, बेलडाँडाका टिकाराम विश्वकर्माले भने विगत १४ वर्षदेखि राँगो डुलाएर गुजारा चलाउदै आउनुभएको छ । हिजोआज गाईबस्तु पनि कम पाल्ने गरिन्छ रागाँ पनि कम छन् । यो सेरोफेरो भरि मेरो मात्रै रागो छ । सेवा पनि भएको छ घर खर्च पनि चलेको छ । व्यस्त हुने बाटो भएको उहाँले बताउनुभयो । हामीले जे काम पनि खुसी मनले गर्न सक्यो भने जिन्दगी सजिलैसँग चलाउन सकिने टिकारामले बताउनुभयो । आजभोलि पैसा कमाउनको लागि धेरैजसो विदेश नै जाने गर्छन । तर टिकाराम भने परिवारसँगै बसेर गाउँमा अरु कसैले नगरेको काम गर्दै आउनुभएको छ । मैले यो काम गर्न थालेको १४ वर्ष भयो, उमेरले साथ दिँदासम्म यो कामलाई निरन्तरता दिन्छु, टिकाराम भन्नुहुन्छ, धेरै टाढा– टाढाबाट फोन आउँछ, म राँगो लिएर पुग्दा राहत महशुस गर्छु। मैले यो काम गरेर पैसा मात्रै होइन, इज्जत मन सम्मानसँगै सबैभन्दा ठूलो कुरा त गाउँलेलाई सेवा गरेजस्तो लाग्छ ।
एकपटक राँगो लागे बापत अहिलेसम्म १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म लिनुहुन्छ । टाढा र नजिकको दूरी हेरेर पैसा लिदै आउनुभएको छ । कहिलेकाही महिनामा २० र २५ ठाउँसम्म राँगो पु¥याउनु हुन्छ । पहिलोपटकमा भैंसीको गर्भ नबसे दोस्रोपटक जादा दुरीका हिसाबले कम पैसा लिने गरेको उहाँले बताउनुभयोे । एउटा राँगोले ३ देखि ७ वर्षसम्म काम दिने र आफुँले एउटा राँगोबाट १२ देखि १५ लाखसम्म आम्दानी भएको बताउनुभएको छ ।
भैंसी पालक कृषकले भैसी ल्याउनुभन्दा रागो लैजान सहज हुने भएकोले रागो लाने लगेको उहाँको भनाई छ । धेरैजसो टिकाराम विश्वकर्मा शिरमा ढाका टोपी, दौरा सुरुवाल र चप्पल लगाउदै, हाटमा एउटा लठ्ठी लिएर राँगो डोहोर्याउदै बेलडाडाँ, गल्धा सेरोफेरोका बाटोमा प्रायः भेटिनुहुन्छ । धेरै टाढाको गाउँमा राँगो लैजादा पनि कुनै समम्या नभएको उहाँले बताउनुभयो । बिचबाटोमा लिएर हिड्नुपर्छ भनेर नाक छेडेर डोरी झुन्डियाएको बताउदै शान्त रागो भएपनि बरु बाटोमा हिड्नेहरु डराउने तर्सने पनि गरेको बताउनुभयो । टिकारामको परिवारमा श्रीमती, दुई छोरा र चार छोरी छन् । उहाँको परिवारले पशुपालनमा बाख्रापालन सँगै खेतीपाती आएका छन् । छोराहरु रोजगारीको सिलसिलामा घरभन्दा बाहिर छन । छोरीहरुले बिहान बेलुका घरको कामसँगै खेतीपातीमा घाउदै आएका छन् ।
शुरु–शुरुमा आफैलाई विश्वास नलाग्ने र हुन्छ त भन्ने लाग्ने गरेकोमा अहिले टिकाराम पशुपालनमा खुसी हुनुहुन्छ । बाटोमा राँगोले दुख दिने होकि भन्ने चिन्ता हुन्थ्यो, तर बिस्तारै बानी परेकोले अहिले धेरै सजिलो र आनन्द लाग्छ उहाँले भन्नुभयो । बाटोमा देख्नेहरु धेरैले अचम्म मान्दै सोध्ने गर्थे अहिले त के कस्तो चलिरहेको छ, कता हुनुहुन्छ, ल्याउनुप¥यो भन्दै फोन गर्नुहुन्छ । । मलाई नचिन्ने बटुवाले बेच्न हिँडालेको भनेर सोध्नुहुन्छ । त्यसो त टिकारामलाई यो कामले गर्दा धेरैले चिनेका छन । एउटा मिहिनेती र इमानदारी कृषकको उदाहरणीय बन्नुभएको छ टिकाराम । यो कामबाट उहाँलाई घर व्यवहार चलाउन धेरै सजिलो भएको बताउनुहुन्छ ।
निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गीका अनुसार कृतिम गर्भधारण गर्न इच्छुक भैंसी पालक कृषकहरुलाई पालिकाले नियम अनुसारको एआई सेवा उपलब्ध गराउदै आएको छ । प्रत्यक्ष रागो लगाउन चाहने कृषकको माग पनि राम्रो भएको उहाँले बताउनुभयो । टिकाराम विश्वकर्मा जस्ता मिहिनेती किसानहरुले गर्दा अझ गाउँमा सहज भएको मश्राङ्गीले बताउनुभयो । उहाँले पालिकाबाट उचित सम्मान र सहयोगको आवश्यकता रहेकोे बताउनुभएको छ । टिकाराम जस्ता कृषकहरुलाई स्थानीय सरकारले आवश्यक सहयोग र सम्मान गर्न जरुरी देखिन्छ ।