2

Logo २०८३ बैशाख १४ सोमबार
सहिद बहुमुखी क्याम्पसको महायज्ञमा ४ करोड ३९ लाख बढी दान संकलन

सहिद बहुमुखी क्याम्पसको महायज्ञमा ४ करोड ३९ लाख बढी दान संकलन


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २४ २०८१
2.7K

शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा चलेको महायज्ञमा ४ करोड ३९ लाख ६४ हजार ४ सय २४ रुपैयाँ ३० पैसा दान संकलन भएको छ ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको धनधान्यान्चल श्रीमद्भागवत महायज्ञ तथा धार्मिक महोत्सवमा लक्ष्य अनुरुप दान संकलन भएको हो ।

गत पुस १६ गतेदेखि शुरु भएको महायज्ञको अन्तिम दिन सम्ममा नगद र जग्गा गरि दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । उहाँले एउटा उद्देश्य बोकेर हिडेको र सबैको ठूलो मेहनतले क्याम्पसको लागि उत्कृष्ट काम भएको बताउनुभयो । उहाँले यो सात्कर्ममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

महायज्ञ समापनका दिन रामपुर नगरपालिका ७ घर भई हाल बुटवल बस्दै आउनुभएकी तेज कुमारी उपाध्यायले १ करोड बराबरको जग्गा दान गर्ने घोषणा गर्नुभयो । उहाँले किसानबारी मोहटीमा रहेको ३ रोपनी, ९ आना धेरै जग्गा दान गर्नुभएको हो ।

साथै महायज्ञमा अन्य जग्गा पनि दान भएको छ । ५४ लाख ५२ हजार ७८८ रुपैयाँबराबरको जग्गा सहितको दान संकलन भएको आर्थिक संकलन उपसमितिका संयोजक शुकदेव पोखरेलले बताउनुभयो ।


महायज्ञ अन्तिम दिन रामपुर नगरपालिका ७ कठान बस्ने केशवराज पोखरेलले ५ लाख ७५ हजार ५ सय ५५,रामपुर नगरपालिका ७ कठानबाटै कृष्ण प्रसाद भट्टराईले ५ लाख ५ सय, रामपुर नगरपालिका ७ कठानकै कलमराज भट्टराईबाट ५ लाख ५ सय, बुटवल उपमहानगरपालिका १२ निबासी क्याम्पसका सहायक प्रध्यापक अशोक ढुङ्गाना र  गिता शर्मा बाट १ लाख १ सय ११, स्याङ्जा वालिङ निवासी बुद्धि प्रसाद श्रेष्ठ १ लाख ११ हजार १ सय ११, मालिका गाउँपालिका ७ गुल्मी बाट यम बहादुर कार्कीले १ लाख १ सय ११, तानसेन नगरपालिका १ बस्ने माधवी ज्ञावली अर्याल र इश्वरी प्रसाद अर्यालले लाख १११, रामपुर नगरपालिका ७ बस्ने जीवन तिवारीबाट १ लाख ११ हजार १ सय ११, रामपुर नगरपालिका ७ का भट्टराई परिवारबाट अक्षयकोषका लागि एक लाख दान संकलन भएको छ ।

यस्तै रामपुर नगरपालिका ६ घर भई हाल काठमाडौ निवासी सुविधा थापा बाट ७५ हजार ५ सय ७५, रामपुर नगरपालिका–६ कौवा निवासी बोमकला ढकालले ६८ हजार, रामपुर नगरपालिका ६ बस्ने जिताकला ढकालले ६० हजार १ सय ६०, रामपुर नगरपालिका ७, मोहटी बस्ने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलबाट ५५ हजार ५ सय ५५, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाबाट ५५ हजार ५ सय ५५, रामपुर नगरपालिका ५ राङभाङ निवासी अच्युतराज भट्टराई ५५ हजार १५५, कास्की पोखरा निवासी सागर सिंह बाट ५१ हजार, रामपुर नगरपालिका–७ कठान बस्ने प्रदिप रेग्मी बाट ५१ हजार ११७, रामपुर नगरपालिका–८ बस्ने शिव अर्याल बाट ५१ हजार १११, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पा बाट ५१ हजार ५५५, चन्द्रसूर्य हार्डवयरका सञ्चालक रामपुर नगरपालिका ७ कठानबाट ५१ हजार ११ सहित विभिन्न नगद, धान र जिन्सी सामान व्यक्तिगत दानदाता संघ, संस्था र समुहले दान गरेको महायज्ञ सचिवालयले जनाएको छ ।

पुस १६ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरि शुरु भएको महायज्ञमा  रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले ५१ लाख ५१ हजार ५ सय ५१ घोषणा गर्नुभएको थियो ।

प्रवचन सुरु तथा यज्ञको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा  र शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले घोषणा गर्नु भएको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो । चौथो दिन शनिबार ३२ लाख ४८ हजार रुपैयाँ दान संकलन भएको थियो । पाँचौ दिन ६३ लाख पाँच हजार ५१९ संकलन भएको थियो । छैठौं दिन ८३ लाख ५ हजार ३०६ रुपैयाँ ५३ पैसा दान संकलन भएको थियो ।

महायज्ञमा अहिलेसम्मकै ठूलो रास सहितको धान संकलन भएको छ । धानको थुप्रोमा हेर्नेहरुको छुट्टै उत्साह देखिएको थियो । गण्डकी वेशी क्षेत्रको विभिन्न स्थानमा रहेका ९६ वटा धान संकलन केन्द्रहरु बाट १ हजार ३४ मुरी ३ पाथी धान संकलन भएको छ । धान संकलन स्थलमा भक्तजनहरुले आफै ल्याएर पनि खन्याईइएको धान पनि धेरै छ । जुन त्यसको गणना भएको छैन । सबै संकलन केन्द्रका साथीहरुको समुदायको उत्साहले नै ठूलो संख्यामा धान आएको धान दान संकलन उपसमितिका संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो । महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई महायज्ञको शुरुको दिनदेखिको नै सभानायकका रुपमा  रहनुभयो ।

महायज्ञ समापनका दिन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथी रहनु भएको थियो । थापाले शहीद बहुमुखी क्याम्पस यस क्षेत्रको शिक्षाको गहना भएको बताउनुभयो । महायज्ञले लक्ष्य अनुरुप सफल भएको बताउँदै नगरप्रमुख थापाले समयानुकुल शिक्षाको विकासमा यसले टेवा पुर्‍याउने बताउनुभयो । महायज्ञ आफैमा सत्कर्म भएपनि यसले नैतिकता, लगनशीलता सिकाएको र जुन उद्देश्य लिएर महायज्ञ गरिएको हो,यसमा दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले विकासको मुख्य आधार शिक्षा रहेको बताउँदै क्याम्पसको उत्थानको लागि गल्याङ नगरपालिका सहयोग गर्न तयार रहेको बताउदै ५० हजार नगद सहयोगको घोषणा गर्नुभयो । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले शहीद क्याम्पस गण्डकवेशी क्षेत्रको शैक्षिक धरोहर उल्लेख गर्दै बताउँदै पालिकाको तर्फबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले शहीद क्याम्पसले शिक्षाको ज्योति छरेको बताउनुभयो ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले अत्यन्तै उत्साह, उमंग सहित सबैको साथ सहयोग बाट मेला सम्पन्न भएको बताउनुभयो । लक्ष्य प्राप्तिका लागि सबैको साथ र सहयोग यसरी नै रहनेछ भन्नेमा समिति विश्वस्त रहेको बताउँदै महायज्ञ सफल पार्न सहयोग गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । लक्ष्य प्राप्तिका लागि साथ र सहयोग गर्नुहुने सम्पूर्ण महानुभाहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । दानको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

क्याम्पस प्रमुख एवं महायज्ञ मुल आयोजक समितिका महासचिव मुरारी प्रसाद काफ्लेले एक महिना देखिको तयारीले सार्थक रुप प्राप्त गरेको बताउनुभयो । महायज्ञको समापनको अवसरमा मुल आयोजक समितिका उपाध्यक्ष सुकदेव पोखरेलले धन्यवाद ज्ञापन गर्दै सबैको साथले उत्साहपुर्ण वातावरण बनेको बताउनुभयो । समापनको अवसरमा महायज्ञ मुल आयोजक समितिले मुल पण्डित दिनबन्धु पोखरेल र पण्डितको टिमलाई सम्मान सहित बिधाई गरेको थियो ।

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथावाचन, झाकी प्रर्दशन, भजन किर्तन भएको थियो ।मुल आयोजक समितिले यज्ञमा  तुला दान, बैतर्नी, लाखबत्ती प्रज्वलन, ग्रहशान्ति, रुद्री, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम गरेको र यसमा उत्साह बढेको पाइएको यज्ञका आचार्य पण्डित हरि प्रसाद खनालले बताउनुभयो । यज्ञभर साझमा पनि कथा र भजनकिर्तनमा उल्लेख्य नागरिकको उत्साह पुर्वक उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com