सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी
पाल्पा ।
सन नेपाल लाइफ इन्स्योरेन्स क.लि.ले मृत्यु दाबी वापतको दावी रकम भुक्तानी दिएको छ । पुर्बखोला गा पा ०१, पाल्पा निवासी दल बहादुर राना वैदेशिक रोजगारीका लागि यु ए ई जाने समयमा सन नेपाल लाइफ इन्स्योरेन्स क.लि.मा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको र निजको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको प्रमाण सहित सोको दावी कम्पनीमा गरेपछि सन नेपाल लाइफबाट मृत्यु दावी वापत रु १४,००००० (चौध लाख मात्र)भुक्तानी गरेको हो ।
मृत्युदावी भुक्तानी वापतको चेक रामपुर नगरपालिकाका वडा नं ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल र रामपुर अस्पतालका अध्यक्ष राम प्रसाद ढकालले एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले दुखद निधनले परिवारलाई चोट परेपनी परिवारको खर्च ब्यबस्थापन र बाल बच्चाको पढाईको लागी सन नेपाल लाईफले दिएको यो सुबिधाले थोरै भएपनी मलम लगाउन सफल भएकोले सबै जनाले बिमा अनिवार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
रामपुर अस्पतालका अध्यक्ष राम प्रसाद ढकालले वैदेशिक रोजगारीमा जाने सवैले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने बताउनुभयो । उक्त बीमा गर्दा विभिन्न ७ प्रकारका सुविधाहरु पाइने हुँदा आकस्मिक रुपमा हुने विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा पाइने हुनाले बीमा अत्यन्तै जरुरी रहेको छ ।
सन नेपाल लाईफ ईन्सोरेन्स रामपुरका शाखा प्रमुख सुस्मा देबकोटाले “वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत १० लाख बरावरको बीमा सुरक्षा, १० लाख बरावरको स्थायी अशक्तता सुविधा, ५ लाखको घातक रोगहरुमा उपचार, २ लाख बीमितको आयको नोक्सानी वापतको खर्च, १ लाखको किरिया तथा अन्य खर्च, १ लाख शव परिवहन खर्च तथा १ लाख सम्मको औषधोपचार खर्च पाइने हुनाले आफूले पाउने सुविधाहरुको विषयमा राम्रोसँग जानकारी लिई घटना घटेको खण्डमा सन नेपाल लाइफको जुनसुकै कार्यालयमा गई दावी प्रक्रिया शुरु गर्न सकिन्छ ।”
“विदेशी भूमिमा स्वदेशी सुरक्षाको प्रतिबद्धता ।” भन्ने नारा सहित सन नेपाल लाइफ इन्स्योरेन्सले श्रम गर्नको लागि विदेशमा जाने नागरिकहरुलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा मार्फत सुरक्षित गराउँदै आएको कुरा रामपुर शाखा प्रमुखलेखा जानकारी गराउनु भयो ।
चेक ग्रहण गर्दै बिमितका श्रीमती दिल कुमारी रानाले कम्पनिले सहज रुपबाट दिएको सुबिधालाई बच्चा बच्चीको पढाईमा खर्च गर्ने कुरा बताउनु भयो। स्थानीय स्तरमै गएर सन नेपाल लाइफले बीमितको परिवारलाई भुक्तानी दिएको कारण जनसमुदायमा बीमा प्रति सकारात्मक धारणा सिर्जना गर्न मदत पुगेको र यस कार्यका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद समेत ब्यक्त गर्दै बिमीतका दाई तुल बहादुर राना भन्नुहुन्छ “ सबैले आफूसक्दो जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने बताउनुभयो ”
कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, पत्रकार, सन नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।