2

Logo २०८३ बैशाख १३ आइतबार
छात्राबास निर्माणका लागि रामपुरमा आयोजित महायज्ञ आज सकिदै

छात्राबास निर्माणका लागि रामपुरमा आयोजित महायज्ञ आज सकिदै


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २३ २०८१
834

पाल्पा ।

शहीद बहुमुखी क्याम्पस रामपुरमा संचालित धनधान्यान्चल श्रीमद्भागवत ज्ञान महायज्ञ आज सकिदैछ । शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले क्याम्पस परिसर रामपुर नगरपालिका ७ किसानबारीमा चलिरहेको छ  ।

गत पुष १६ देखि सुरु भएको महायज्ञ आज पुस २३ गते सकिनेछ । पहिलोदिन नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंह द्दारा उद्घाटन भई भोलिपल्ट यज्ञ पुजनसंगै शुरु भएको महायज्ञ मंगलबार सकिने हो । बुहारी क्याम्पसका रुपमा परिचित सहिद बहुमुखी क्याम्पसमा यस भएका धेरै युवाहरु पठनपाठनका लागि बाहिर जाने र यस भेगमा प्रायः महिला मात्र उच्च तहमा भर्ना भएकाले विद्यार्थी संख्यामा पनि महिला संख्या धेरै हुनाले बुहारी क्याम्पसको रुपमा यस क्षेत्रमा बिकसित भएको हो ।
महायज्ञमा उद्देश्य अनुरुप राम्रो दान संकलन भईरहेको छ ।

प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा नगद र जग्गा दान भएको थियो । महायज्ञको छैटौ दिन सम्म २ करोड ७२ लाख ३ हजार १ सय ३१ रुपैया दान भएको छ ।

मंगलबार पनि राम्रो दान सहयोग हुने अपेक्षा आयोजकको छ । महायज्ञको अन्तिम दिन रामपुर नगरपालिकाका नगरप्रमुुख रमण बहादुर थापा प्रमुुुख अतिथि रहनु हुनेेेछ भने अन्य छिमेकी पालिकाका प्रमुुुखहरु महायज्ञमा आउनुहुने महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष हजुलदिन मियाले बताउनुुुभयो

भक्तजनहरुको उत्साह देखिएको छ । गण्डकी वेशी क्षेत्रको विभिन्न स्थानमा रहेका धान संकलन केन्द्रहरु बाट धान दान आउने क्रम जारी रहेको धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ ।

यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । महायज्ञमा दान संगै विभिन्न सम्मानका कार्यक्रम भैरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com