2

Logo २०८३ बैशाख १४ सोमबार
अन्धकारमुक्ति साकोसद्दारा अस्पताल र प्रहरीमा न्यानो ब्ल्याङ्केट प्रदान

अन्धकारमुक्ति साकोसद्दारा अस्पताल र प्रहरीमा न्यानो ब्ल्याङ्केट प्रदान


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
2.1K

पाल्पा ।

लुम्बिनी प्रदेशमा उत्कृष्ट संगै जिल्लाकै ठूलो कर दाखिला सस्था र्पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले रामपुर अस्पताल र इलाका प्रहरी कार्यालय रामपुरलाई न्यानो कपडा ब्ल्याङकेट प्रदान गरेको छ ।

सहकारी सस्थाको स्थापना दिवसको अवसरमा शनिबार अस्पताल प्राङ्गणमा कार्यक्रम गर्दै अस्पतालमा आउने बिरामीले वेडमा प्रयोग गर्ने र प्रहरी कार्यालयको हिरासत कक्षको लागि ब्ल्याङ्केट वितरण गरेको हो ।

सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले समिति र कर्मचारीको उपस्थितिमा रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकाल र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमिर काफ्लेलाई १० थान बेड सिट ब्याल्ङकेट हस्तान्तरण गर्नुभयो । सहकारीका अध्यक्ष देवकोटाले अस्पतालको आवश्यकता र उपचारका लागि आउने विरामीहरुको सहजतालाई मध्यनजर गर्दै बलाङ्केट वितरण गरिएको बताउनुभयो ।

कार्यक्रमको बारेमा जानकारी सहित स्वागत गर्दै संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले औपचारिक कार्यक्रममा सिमित नभएर सामाजिक उत्तरदायितब निभाउदै रचनात्मक कार्य गरिएको बताउनुभयो । सामग्री ग्रहण गर्दै रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल रमेशले वित्तिय सेवा दिने सहकारीले सामाजिक उत्तरदायित्व निभाउदै फेरि अस्पतालमा सहयोग सहकार्य गरेकोमा धन्यवाद दिनुभयो । विरामीले अस्पतालमा आउदा भोग्ने दुःख पर्ने समस्याको समाधानको लागि उपयोगी कार्य गरेकोमा धन्यबाद व्यक्त गर्दै बिगतमा पनि अस्पताल प्राङ्गणमा प्रतीक्षालय बनाएको उहाँले बताउनुभयो ।

सहकारीका सञ्चालक समिति र कर्मचारीहरुले अस्पतालमा रहेका विरामीलाई फलफूल समेत प्रदान गर्नुभएको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय रामपुर परिषरमा भएको कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष देवकोटाले प्रहरी साझेदारी सहकार्य र आवश्यकतामा सेवा गर्न बन्दी कक्षको लागि ब्ल्याङ्केट प्रदान गरिएको बताउनुभयो । सोही अबसरमा देवकोटाले संस्थाले प्रहरी संग मिलेर थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो । अध्यक्ष देवकोटा व्यबस्थापक दिपेन्द्र प्रसाद पौडेल सहितले प्रहरी निरीक्षक राम बहादुर नेपालीलाई ३ थान ब्ल्याङ्केट प्रदान गर्नुभयो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले हिरासत कक्षलाई व्यबस्थापन गर्दै लगेको बताउनुभयो । उहाँले पुरुष हिरासत कक्ष मात्रै रहेको र एक भन्दा बढी व्यक्ति र फरक/ फरक घटनाका व्यक्ति राख्न असहज परिस्थिति भएको बताउदै व्यवस्थापनमा न्यानो कपडाले थप सहज हुने बताउनुभयो । साथै हिरासतको स्तर सुधारमा यसले राहत हुने बताउँदै सहकारीलाई धन्यवाद दिनुभयो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्त्थका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com